गर्मीले बालबालिका बाहिर निस्कन नसकेपछि विद्यालय बन्द गरियाे

प्रकाशित मिति: June 3, 2019 8:45 am

जेठ २०, धनगढी – धनगढी आसपासका क्षेत्रमा अत्याधिक गर्मी बढेपछि विद्यालय बन्द हुन थालेका छन् । धनगढीको तापक्रम ४० देखि ४३ डिग्री सेल्सियस सम्म पुगेको छ ।
तापक्रम बढ्दै जाँदा यहाँको जनजीवन प्रभावित भएको छ ।

गर्मीले बालकालिका बाहिर जान नसक्ने स्थिति भएपछि धनगढी उपमहानगरपालिका भित्रका सम्पूर्ण विद्यालय एक साताका लागि बन्द गरिएको छ।

धनगढी उपमहानगरपालिका शिक्षा शाखाले एक सूचना प्रकाशित गरी जेठ २० गतेदेखि २६ गतेसम्म उपमहानगर अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरिएको जनाएको हो । अहिले बन्द रहेका दिनलाई पछि अन्य विदामा कट्टा गरिने समेत जनाइएको छ। यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

सम्बन्धित शीर्षकहरु

गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघ आन्दोलनमा

काठमाडौं – गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व......

काठमाडौँबाट ८२ जना पाकेटमार पक्राउ

असार १, काठमाडौँ – काठमाडौं प्रहरी परिसर, टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष......