ब्रेकिङ न्युज

काठमाडौं विष्फोट हुने स्थितीमा !

प्रकाशित मिति: June 7, 2019 12:28 pm

काठमाडौं – धुवा, धुलो , हिलो , ट्राफिक जाम काठमाडौं उपत्याकाको विशेषता हो ।
कुनै समय यसलाई सांस्कृतिक सम्पदाले सजिसजावट गरेको विश्वकै सुन्दर र आकर्षक पर्यटकिय गन्तव्यको रुपमा लिने गरिन्थ्यो । यहाँको मौलीक संस्कृतीले काठमाडौं उपत्यकाको मौलिकतालाई झल्काउथ्यो । तर विडम्वना आन्तरिक आप्रावसनमा तिव्रता आएसँगै यहाँको मौलिकताले कुरुपता लिदैं गयो ।

उपत्यका त्यसमा पनि काठमाडौं जिल्लाभित्र संघको राजधानी छ । यहाँ महानगर छ । नगरपालिका छन् । यहाँका रैथाने, पत्रकार तथा वौद्ध संस्कृतिका एक स्कोलरका अनुसार माओवादी द्धन्द्धकाल शुरु भएदेखि बाहिरी जिल्लाबाट मानिसहरुको आगमनमा तिव्रता आएको हो । २०५८ पश्चात् काठमाडौंमा मानिसहरु थुप्रनै क्रम बढ्यो । अहिले अवस्था यस्तो भद्रगोल भएको छ कि यहाँभएका १० नगरपालिका र १ महानगरपालिकाले आफ्ना जनतालाई सेवा सुविधा उपलव्ध गराउन सकेका छैनन् ।

बढ्दो जनसंख्या
करिब ४ सय ३४ वर्ग किलोमिटर ओगटेको काठमाडौंले आफ्नो क्षमताभन्दा बढी जनसंख्यालाई आरक्षण दिनु पर्ने बाध्यता रहेको छ । सन् २०११ को राष्ट्रिय जनगणनाअनुसार काठमाडौं उपत्यकाको जनसंख्या १४ लाख ४२ हजार ७ सय ६४ रहेको थियो । जबकी सन् २००१ मा ९ लाख ८८ हजार ३ सय ४१ रहेको थियो । हिसाब गर्ने हो भने काठमाडौं उपत्याकामा प्रतिवर्ष ३.२ प्रतिशतले जनसंख्या बढेको देखिन्छ । विभिन्न स्रोतहरुका अनुसार हाल उपत्यामा १६ लाख ९९ सय हजार २ सय ८८ मानिसहरु बसोबास गरिरहेका छन् ।

जनसंख्या बढेका कारण नै उपत्यका अव्यवस्थित भएको हो । ट्राफिक जाम बढेको छ । सडकमा यात्रुको चाप बढेको छ । जनसंख्या बढेसँगै अव्यस्थित घर निर्माणले गर्दा खाली ठाउँ पाउन मुस्किल हुन थालेको छ । सरकारी जग्गामा भुमाफिया बढेका छन् । सार्वजनिक जग्गाहरु बेचिएर ठूलठूला भवन निर्माणहरु भएको तथ्यहरु सार्वजनिक भएको छ । खानेपानिको हाहाकार मच्चिएको छ । कतिवेला प्रलय आउने हो भन्न नसकिने अवस्था आएको छ ।

प्राकृतिक विपत्तिको जोखिम
२०७२ सालमा गएको भुकम्पले महानगरमा ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाउनु प¥यो । पूराना सांस्कृतिक सम्पदाहरु भत्किएर गए । धरहरा जस्तो पर्यटकिय सम्पत्ति गुम्यो । धरहरासँगै धेरै मानिसहरुले ज्यान गुमाए । महत्वपूर्ण मन्दिरहरु ढले । धन र जनको ठूलो क्षति भयो ।
अहिले पानी पर्दा उपत्याका डुबानमा पर्छ । गल्लि गल्लिमा भल पस्छ । ढल व्यवस्थापन हुन सकेको छैन । मेलमञ्चि कुरेर बसेका उपत्का बासी वा कामपा बासीलाई पानी कहिले आउने हो , आजबाट धेरै वर्ष अघी शुरु भएको आयोजनाले पानी पर्याप्त पुग्न सक्ने अवस्था छैन ।

गत वर्ष भक्तपुर डुबानमा पर्यो । यो वर्ष पनि अवस्था त्यस्तै नहोला भन्न सकिन्न । भुकम्पिय जोखिम पनि यहाँ उत्तिकै छ । विज्ञहरुले वारम्वरा चेतावनि दिइरहेका छन् । जमिनमुनिबाट पानी तान्ने काम तिन प्रतिदिन बढीरहँदा काठमाडौं भासिने चिन्ता सहितको चेतावनी पनि विज्ञहरुबाट आइरहेका छन् । धुवा धुलोले मानिसहरुको आयु छोट्याइरहेको छ । फेरी अर्को प्राकृतिक विपदको खतरा उत्तिकै छ ।

भएका खोलानाला सुकेर हैरान छ । पिउने स्वास्थ्य पानी छैन । शौच गर्न समस्या छ । सार्वजनिक शौचालय छैन । आकाशे पूल छैन । जथाभावि बाटो काट्दा दुर्घटना बढेको बढ्यै छ । अवस्था नाजुक छ । रोगको माहामारी फैलन समय लाग्दैन । बाटामा बसेर माग्नेको संख्या अत्याधीक छ । दुई छाक टार्न नसक्ने उस्तै छन् ।

वाहिरी चक्रपथ र बढ्दो जनसंख्या
अहिले काठमाडौं र ललितपुरलाई छुने चक्रपथले यातायात व्यवस्थित गर्न सकेन । कोटेश्वरको जाम , कलंकीको जाम र नयाँ वर्सपार्क छेउछाउको जामले मानिसहरुको सातो लिएको अवस्था छ । समय भन्दा एक घण्टा अगाडी ननिस्किए सम्बन्धीत ठाउँ पुग्न नसकिने समस्याले बेलैबाट जाम लाग्न थालेको छ । विशेष गरेर अफिस टाइम विहान ८ देखि १० र बेलुकी ४ देखि ६ बजेको समय एकदमै ट्राफिक लोड हुन्छ ।

चक्रपथमात्र होइन खोलाको किनारै किनार खोलिएको बाटो , साना साना गल्लि र बैकल्पिक भनिएका बाटोहरुमा समेत जाम बढेको छ । यस्तै अवस्था रहे मध्य दिउँसो कतै हिड्न पनि नसकिने अवस्था छ । काठमाडौंमा साइकल मार्ग र हिड्ने अर्थात् पैदल मार्ग नै छैन । दुर्घटना बढाउने कार्य यसले पनि गरेको छ ।

शहरलाई व्यवस्थित गर्नका लागि बनाउन लागिएको बाहिरी चक्रपथ पनि हल्ला हल्लैमा सिमित हुने छाट देखा पर्न थालेको छ । राजधानीको बसोबासलाई व्यवस्थित बनाउन अघि बढाइएको वाहिरी चक्रपथ आयोजना नबन्ने अवस्थामा पुगेको हो । वाहिरी चक्रपथ बन्ने स्थानको जग्गा स–साना टुक्रामा बिक्री भएकाले आयोजनानै अनिश्चित बनेको हो। आयोजनाको साढे ६ किलोमिटरभित्र २ हजार ९ सय कित्ता जग्गा खण्डीकरण भएको छ । यो कित्तालाई भूमाफियाले तीन आनाभन्दा कममा पनि टुक्र्याएर बिक्री गरेको भेटिएको छ ।

यो बन्ने हो भने शहर व्यवस्थित भन्दा पनि अझ जनधनत्व बढ्ने देखिन्छ । प्रत्येक वर्ष ३.१ प्रतिशत जनसंख्याबाट डबल हुने अवस्था रहन सक्छ ।

गाउँ फर्काउने योजनाको विस्तार
अवसरले मानिसहरुलाई काठमाडौं तानेको हो । रहर कम वाध्यता बढेसँगै मानिसहरु यता हानिएका हुन् । गाउँमा बस्ति पातलिएको छ । शहर मोटाएका छन् । उपत्यका मात्र होइन अन्य पोखरा , विरगञ्ज , विराटनगर ,धरान , धनगडी लगायतका शहरहरुको अवस्था पनि यो भन्दा फरक छैन ।

अब त राज्य संरचनाले पनि शहर आवगमनलाई रोक्ने प्रयास गर्नु पर्ने हो । देश संघीयतामा गएपनि केन्द्रले त्यस अनुरुप कार्य गर्न सकेको अवस्था छैन । काठमाडौं लगायतका सिमित शहरहरुमा मात्र पूर्वाधार र आयोजनाले निरन्तरता पाउँदा समस्या थप बढेको छ । कृषिमा सुधार नआउँदा अर्थ र जीविकोपार्जनका लागि मानिसहरुको शहर आउने क्रम बढेको हो । राज्यसंरचना बनेपनि मेकानिजम बनेन । बजेट भाषणमा व्यवस्थित र समृद्ध गाउँ निर्माण गर्छु भनिएन । सधै गाउँबट शहर बनाउँछु मात्र भनियो । गाउँ भन्दा विकट सम्झने बनाइँयो । यो व्यवस्थामा सुधार हुनु पर्छ ।

अवसर सृजना गर्ने कार्यक्रम ल्याउन जरुरी छ । प्रधानमन्त्री रोजगार कार्यक्रम , पर्यटन जस्ता सेवामुलक कार्यक्रम , आफ्नै नगर जिल्ला तथा प्रदेशबाट सुविधा लिन पाउने व्यवस्था गर्नु पर्दछ । स्वदेशि तथा विदेशी लगानीलाई शहर केन्द्रित बनाउने कार्य रोक्नु पर्दछ । उनीहरुलाई गाउमै पठाउनुपर्दछ ।
चिन्ता काठमाडौं उपत्याकाको हो । जनसंख्या बढ्यो, संस्कार र संस्कृति लोप भयो । यहाँको मौलिकता हरायो । अबको पाँच वर्ष वा एक शताव्दीपछि यसको अवस्था कस्तो होला ? कल्पना गर्दा पनि डर लाग्ने अवस्था छ । यो विष्फोट हुन बेर छैन ।

सम्बन्धित शीर्षकहरु

शालिकराम पुडासैनीको विषयमा बोलिन् रेनु दाहाल, सामाजिक सञ्जालमा अपशब्द, गालीगलौजले दु:खित

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा आफुलाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै......

भोलि सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं – हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा......