सामाजिक कामको सहयोगार्थ स्मृतिब्याण्डको च्यारिटी शो हुने

प्रकाशित मिति: June 7, 2019 1:16 pm

२०७२ सालमा नेपालमा आएकोमहाविनासकारी भूकम्प र लगातार आईरहेकोपराकम्प पश्चात् नेपालमा मनोसामाजिकरमनोवैज्ञानिक शिक्षा, स्वास्थ्य र भूकम्पकोपुर्नस्थापना र पुनः निर्माणको क्षेत्रमा कामगरिरहेको सेन्दाई स्थित जापानको प्रतिस्ठितसामाजिक संस्था जापान इन्टरनेशनल सपोर्टप्रोग्राम (जे.आई.एस.पि)ले टोकियोमा नेपालीसंस्कृतिक संगीत सहितको च्यारिटी शो कोआयोजना गर्ने भएको छ ।

यही जुन २३ आइतबार हामामाच्यो स्थितमन्दिर रेस्टुरेन्टमा हुने कार्यक्रममा नेपाल बाटन्यू अर्लिन्स क्याफे ठमेलको नेपाली लोकसांस्कृतिक ब्याण्डं “स्मृति ब्याण्डं” समूहकाकलाकारहरू प्रिन्स नेपाली (सारंगी) ,बाबुराजा महर्जन (तबला, मादल), बिनयमहर्जन (बासुरी) ले आफ्नो प्रस्तुति दिनु हुनेछ।त्यस भन्दा अगाडी जुन २१ मा ऐभर्रेस्टइन्टरनेशनल स्कुलमा जापानिजबालबालिकाहरूलाई नेपालि बाद्यबादनसामाग्रीहरूको परिचय र प्रदर्शनको कार्यक्रमपनि रहेको छ, भने भलिपल्ट २२ जुनमासिनोकुबो स्थित सोलमारी रेस्टुरेन्टमा पनिसानों संगितिक कार्यक्रमको आयोजना हुनेजे.आई.एस.पिका डायरेक्टर मुवास्लातमायुमीले जानकारी गराए ।

पूर्णतया नेपाली कला र संस्कृतिको झल्कोदिने यस कार्यक्रममा सहभागीता जनाई दिनुहुनसंस्थाले सबै जापानी तथा नेपाली मित्रहरु, संघ, संस्थालाई सहभागिताको लागिसार्वजनिक अप्रिल गरेको छ । कार्यक्रममाआयोजकको तर्फबाट नेपालमा हालसम्मभएगरेका कामको जानकारी पनि प्रस्तुत गरिनेछ ।

जापान इन्टरनेशनल सपोर्ट प्रोग्राम (जे.आई.एस.पि) ले नेपालमा काठमाडौँ, भक्तपुर, सिन्धुपाल्चोक र सप्तरी जिल्लामाविभिन्न क्षेत्रमा काम गर्दै आएको छ । नेपालबाहेक जापानको तोहोकु, कुमामोतो लगायतकेन्या र बगलादेशको रोहिण्या शरणार्थीकोक्षेत्रमा पनि यो संस्थाले कार्यक्रम गर्दै आएकोछ । संस्थामा मानसिक स्वास्थ्य तथामनोसामाजिक बिज्ञको रुपमा नेपाली व्यक्तिडा।विजय ज्ञवाली कार्यरत हुनु हुन्छ ।

सांगीतिक कार्यक्रमको लागि १० हजार एेनकोटिकटको ब्यबस्था गरीएको छ जसमाबिधाथीवबर्गको लागि ५ हजार ऐन र ६ बर्षमुनिका बालबालिकाहरूलाई प्रबेश निःशुल्करहेको छ । यस कार्यक्रमबाट उठेको रकमनेपालका लागुहुने विभिन्नखालका सामाजिकपरियोजना हरुमा लगानी गरिने छ ।

सम्बन्धित शीर्षकहरु

गुठी विधेयकमा कुनै कमजोरी भए त्यसलाई संशोधन गरिन्छ : प्रधानमन्त्री ओली

असार १, काठमाडौँ – युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन......

अत्याधिक गर्मी बढेपछि धमाधम विद्यालय बन्द

काठमाडौँ – अत्याधिक बढेको गर्मी छल्न महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जेठ अन्तिम......