ब्रेकिङ न्युज

यी हुन् नेपालका प्रधानमन्त्रीहरु

प्रकाशित मिति: June 8, 2019 3:42 pm

काठमाडौं – नेपालको पछिल्लो २ सय १३ वर्षको इतिहासलाई हेर्दा देशले ३८ जनालाई कार्यकारी प्रमुखको रुपमा प्राप्त गरेको छ । विं.सं. १८६३ मा भिमसेन थापाले मुख्तियारको पदभार ग्रहण गरेदेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा सम्म आइपुग्दा नेपालमा कार्यकारी प्रमुख भएको इतिहासले देखाउँछ ।
इतिहास हेर्दा भिमसेन थापाले ३१ वर्ष मुख्तियार पदलाई सम्हालेका थिए । त्यसपश्चात् १ वर्ष मुख्तियारका पदभार ग्रहण गर्ने नेतृत्वकर्ता पनि इतिहासमा पाइन्छ ।
नेपालका मुख्तियारहरु 


भिमसेन थापा मुख्तियारहरुको पहिलो नम्बरमा रहेका छन् । थापाले सन् १८६३ देखि १८९४ सम्म पदभार सम्हालेका छन् । इतिहासमा थापा लामो समय अर्थात् ३१ वर्ष मुख्तियार पद सम्हालने नेता हुन् । तत्कालीन समयको मुख्तियार भएको हालको प्रधानमन्त्री पद हो ।
यस्तै थापा पश्चात् प रङ्गनाथ पौड्याल मुख्तियार भएर नेपाललाई हाकेका थिए । उनको कार्यकाल १ वर्ष रहेको थियो । उनले विं.सं. १८९४ देखि १८९५ सम्म कार्यभार सम्हालेको इतिहासले देखाउछ ।

तेस्रो मुख्तियारको रुपमा पुष्कर शाहा रहेका थिए । उनले पनि एक वर्ष मात्र कार्यभार सम्हालेका छन् । उनले १८९५ देखि १८९६ सम्म पदभार सम्हालेको हुन् । यता चौथो मुख्तियारको रुपमा रणजङ्ग पाण्डे रहेका छन् । उनको कार्यकाल १८९६ देखि १८९७ सम्म रहेको इतिहासले देखाउछ ।
फत्यजङ्ग शाहाले दुई कार्यकाल मुख्तियार भएर विताएको इतिहासले देखाउछ । उनले विं.सं. १८९७ देखि तीन वर्ष अर्थात् १९०० सम्म र १९०२ देखि एक वर्ष कार्यकाल सम्हालेका छन् ।

राणा शासनको उदय 


विं.सं. १९०० देखि १९०२ सम्म माथवर सिंह थापाले प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेको इतिहासले देखाउछ । थापाले दुई वर्ष कार्यभार सम्हालेका थिए ।
फत्यजङ्ग शाहाको एक वर्षे शासन सकिएसँगै विं.सं. १९०३ बाट राणाहरुले शासन आफ्नो हातमा लिएका थिए । जुन् पछि २००७ सालमा आएर मात्र समाप्त भएको थियो ।
शासन सञ्चालनमा जंगवहादुर राणाले विं.सं. १९०३ देखि १९१३ सम्म पहिलो कार्यकाल सञ्चालन गरेका थिए । यस्तै राणाले दोस्रो कार्यकालको रुपमा विं.सं. १९१४ देखि १९३३ सम्म निरन्तर राज गरेका थिए । यसरी हेर्दा जंगवहादुरले देशलाई ३० वर्ष शासन गरेका थिए । उनी यो देशका सातौं प्रधानमन्त्री बने ।
विं.सं १९१३ देखि १९१४ अर्थात् १ वर्ष देशको वागडोर बमबहादुर राणाको हातमा गयो । उनी आठौं प्रधानमन्त्री बने । उनी पश्चात् नवौं प्रधानमन्त्री बन्ने अवसर रणोदिप सिंह राणाको हातमा पुग्यो । उनले देशमा ९ वर्ष शासन गरे । उनले विंसं १९३३ देखि १९४२ सम्म राज गरे ।

१० औं प्रधानमन्त्रीको रुपमा वागडोर सम्हाल्न पाएका विर शम्शेर ज.व.रा लामो शासन गर्ने प्रधानमन्त्रीको रुपमा परिचित छन् । उनले १९४२ देखि १९५७ सम्म राज गरे । अर्थात् १५ वर्ष उनले राज्यलाई हाक्ने अवसर पाए । उनकै समयमा रणाहरुले थरमा ज.व.रा लेख्न थालेका हुन् । ११ औं प्रधानमन्त्रीको रुपमा देब शमशेर जवरा आए । उनले ५७ देखि ५८ सम्म अर्थात् एक वर्ष प्रधानमन्त्रीको कुर्सी सम्हाले ।
१२ औं प्रधानमन्त्रीमा आइपुग्दा चन्द्र शमशेर जवराको हातमा सत्ता पुग्यो । चन्द्र शमशेरले जंगबहादुर भन्दा २ वर्ष मात्र कम प्रधानमन्त्रीको कुर्सी सम्हाले । अर्थात् उनले २८ वर्ष प्रधानमन्त्री भएर काम गरे । विं.सं. १९५८ मा प्रधानमन्त्री भएका जवरा विं.सं. १९८६ सम्म रहे । उनीपश्चात् १३ औं प्रधानमन्त्रीको रुपमा भीम शमशेर जवराले तीन वर्ष शासन गरे । १४ औं प्रधानमन्त्री बनेर आएर जुद्ध शमशेरले पनि १३ वर्ष सत्ता सम्हाल्न भ्याए । उनले १९८९ देखि विं.सं. २००२ सम्म सत्ता सम्हालेका छन् । १५ औं प्रधानमन्त्री पद्यम शमशेर जवारले २००५ र राणाहरुको अन्तिम प्रधानमन्त्री मोहन शमशेर जवराले २००८ सम्म प्रधानमन्त्री पद सम्हालेका थिए ।

प्रजातन्त्रको स्थापना पछि राणा शासकलाई पाखा लगाउँदै प्रधानमन्त्री बन्ने सौभाग्य नेपाली काँग्रेसका मातृका कोइरालाले पाए १७ औं व्यक्तिको रुपमा प्रधानमन्त्रीको रुपमा कोइरालाले २००८ देखि १ वर्ष र दोस्रो कार्यकालको रुपमा २०१० देखि २०११ सम्म कार्यभार सम्हाले ।
प्रधानमन्त्रीको कुर्सी सम्हाल्ने १८ औं व्यक्ति टंक प्रसाद आचार्य हुन् । उनले २०१२ देखि २०१४ सम्म कुर्सी सम्हाले । यस्तै १९ औं व्यक्ति चाहिँ डा. के. आई. सिंह बने । उनले २०१४ देखि २०१४ सम्मै काम गरे ।

प्रजातान्त्रिक आन्दोलनका धरोहर सुर्वण शमशेरले एक वर्ष अर्थात् २०१५ देखि २०१६ सम्म मन्त्री परिषदको अध्यक्षको रुपमा काम गरे । उनी २० औं व्यक्ति हुन् । प्रजातान्त्रिक आन्दोलनका हिरो तथा महान् पूरुष विपी कोइरालाले २१ औं प्रधानमन्त्रीको रुपमा २०१६ देखि २०१७ सम्म काम गरे । उनी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुन् ।

डा. तुलसि गिरीले २२ औं व्यक्तिको रुपमा २०१९ देखि २ वर्ष र २०३२ देखि २०३४ सम्म २ वर्ष कार्य गरे । यता २३ औं व्यक्तिको रुपमा प्रधानमन्त्री सम्हाल्ने सौभाग्य पाएका सूर्यबहादुर थापा भने पटक पटक कुर्सी सम्हाल्न पुगे । थापाले वि.सं. २०२१ – २०२३, वि.सं. २०२३ – २०२५, वि.सं. २०३६ – २०४०, वि.सं. २०५४ – २०५४, वि.सं. २०६० – २०६१ गरी पाँच पटक प्रधानमन्त्री तथा मन्त्री परिषदको अध्यक्षको रुपमा काम गरिसकेका छन् ।

२४ औं व्यक्ति हुन् किर्तिनीधि विष्ट । उनले वि.सं.२०२५ – २०२६, वि.सं. २०२८ – २०३०, वि.सं. २०३४ – २०३६ गरेर तीन पटक देशको नेतृत्व गरेका छन् । यस्तै २५ औं व्यक्ति हुन् नगेन्द्रप्रसाद रिजाल । उनले वि.सं.२०३० – २०३२, वि.सं . २०४२ मा प्रधानमन्त्रीको कार्यभार सम्हालेका छन् ।
प्रधानमन्त्रीको कुर्सी सम्हाल्ने २६ औं व्यक्ति हुन् लोकेन्द्र बहादुर चन्द । उनले वि.स.२०४० – २०४२, वि.सं. २०४६ – २०४७, वि.सं. २०५३ – २०५४, वि.सं. २०५९ – २०६० सालमा प्रधानमन्त्री भएका थिए । २७ औं व्यक्ति मरिचमान श्रेष्ठले वि.सं. २०४३ – २०४६ सम्म प्रधानमन्त्रीको कुर्सी सम्हालेका छन् ।


सादगी नेताको छवी बनाएका नेपाली काँग्रेसका कृष्ण प्रसाद भट्टराईले पनि यो देशमा नेतृत्व दिएका छन् । कार्यकारी प्रमुख बनेर काम गर्ने उनी २८ औं प्रधानमन्त्री हुन् । भट्टराईले वि.सं. २०४७ – २०४८, वि.सं. २०५६ – २०५६ मा गरी दुई पटक देशलाई नेतृत्व दिन भ्याएका छन् ।
यस्तै काँग्रेसकै अर्का नेता अर्थात् लौह पूरुषको उपमा पाएका गिरिजा प्रसाद कोइरालाको नेतृत्व यो देशले पटक पटक पाएको छ । दाजु विपीसँगै प्रजातन्त्रको आन्दोलनमा होमिएका गिरिजाले २९ औं व्यक्तिको रुपमा प्रधानमन्त्री बन्ने अवसर पाएको देखिन्छ । कोइरालाले वि.सं.२०४८ – २०५१ , वि.सं. २०५४ – २०५५, वि.सं. २०५५ – २०५६, वि.सं. २०५६ – २०५८, वि.सं. २०६३ – २०६५ गरी प्रधानमन्त्री कुर्सी सम्हालेका छन् ।

वृद्धभत्ता , आफ्नो गाउँ आफै बनाउ जस्ता बहुचर्चित कामहरुका प्रणेता कम्युनिष्ट आन्दोलनका सच्चा अभियान्ता मनमोहन अधिकारीले पनि देशलाई नेतृत्व दिन भ्याएका छन् । अधिकारीको कार्यकाल एकदमै छोटो अवधिको थियो । तर पनि जनताको बहुदलिय जनवाद उनको मुल मन्त्र थियो । उनले वि.सं. २०५१ – २०५२ मा प्रधानमन्त्री पद ग्रहण गरेका थिए । उनी देशका ३० व्यक्ति बने जो प्रधानमन्त्री हुन् ।

प्रधानमन्त्री बन्ने ३१ औं व्यक्ति हुन् वर्तमान नेका सभापति शेर बहादुर देउवा । उनी वि.सं. २०५२ – २०५३, वि.सं. २०५८ – २०५९, वि.सं. २०६१ – २०६१ मा प्रधानमन्त्री बने । ३२ औं व्यक्ति हुन् पुष्पकमल दाहाल प्रचण्ड । उनी २०६५ देखि १ वर्ष प्रधानमन्त्री बने । यता ३३ औं व्यक्ति माधव कुमार नेपाल र ३४ औं व्यक्ति झलनाथ खनाल प्रधानमन्त्री बने । ३५ औं व्यक्तिको रुपमा बाबुराम भट्टराईले पदभार ग्रहण गर्दा ६३ औं नम्बरमा खिलराज रेग्मि तथा ३७ औं शुसिल कोइराला र ३८ औं नम्बरमा केपी शर्मा ओली प्रधानमन्त्री बन्न सफल भए ।

सम्बन्धित शीर्षकहरु

शालिकराम पुडासैनीको विषयमा बोलिन् रेनु दाहाल, सामाजिक सञ्जालमा अपशब्द, गालीगलौजले दु:खित

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा आफुलाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै......

भोलि सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं – हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा......