१७ गतेदेखि हराएका शिशिर खनाल कीर्तिपुरको जंगलमा मृत फेला

प्रकाशित मिति: June 8, 2019 5:07 pm

काठमाडौं – काठमाडौं मेडिकल कलेजमा चिकित्सा शास्त्र (एमबीबीएस) चौंथो वर्ष अध्ययनरत शिशिर खनाल मृत फेला परेका छन्। गत जेठ १७ गतेदेखि हराएका उनी शनिबार अपरान्ह कीर्तिपुरको जंगलमा मृत फेला परेका हुन्।

अर्घाखाँची घर भएर कोटेश्वरमा बसी पढ्दै आएका खनालको खोजीमा जुटेको प्रहरीले उनको मोटरसाइकल कीर्तिपुरस्थित पुष्पलाल पार्कमा फेला पारेको थियो। मोटरसाइकल भेटिए पनि उनको पत्तो प्रहरीले पाउन सकेको थिएन।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार मृत भेटिएका खनालले प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको शंका छ। खनालका परिवारले प्रहरीलाई जानकारी दिएअनुसार उनी डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए।

दुईवटा मोबाइल बोकेपनि खनालको फोन स्विच अफ देखिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। डीएसपी बोगटीले भने,‘ हामीले सक्दो खोज्यौं। तर, सकुशल फेला पार्न सकेनौं।’

सम्बन्धित शीर्षकहरु

गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघ आन्दोलनमा

काठमाडौं – गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व......

काठमाडौँबाट ८२ जना पाकेटमार पक्राउ

असार १, काठमाडौँ – काठमाडौं प्रहरी परिसर, टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष......