ढिलो आएर उत्साहा ल्याउन नसकेको जागरण अभियान

प्रकाशित मिति: June 9, 2019 11:33 am

काठमाडौं – पछिल्लो समय चर्चित बन्दै गएको वाक्य छ– “ढिलो आयो , कडा आयो ।” निर्वाचन पराजय भोगेको दुई वर्ष र पार्टी महाधिवेसन भन्दा अगाडी काँग्रेसले जागरण अभियान ल्यायो । अभियान चाहिँ ढिलो आयो तर कडा आएन । अर्थात् उत्साहा ल्याउने खालको आउँदै आएन ।

संविधान निर्माण र त्यसपश्चात् भएको तीन तहको निर्वाचनले काँग्रेसलाई यसरी धक्का दियो कि जुन् कल्पना पनि गरिएको थिएन । तर, काँग्रेस तीन तहको निर्वाचमा नराम्ररी पछारीयो । यति सम्म घाइते भयो कि अझै सम्म संसदमा प्रमुख प्रतिपक्षि दलले निर्वाह गर्नुपर्ने भुमिका समेत निर्वाह गर्न काँग्रेसले सकेको छैन ।
धेरै पृष्ठभुमिमा नजाउ । जागरण अभियानको मुख्य उद्देश्य काँग्रेसलाई पुनः सशक्तिकरण गर्नु नै थियो । जनता माझ काँग्रेसले चुनाव हारे पनि मनोवल हारेको छैन है भनेर देखाउनु नै थियो । यसैका लागि नेतालाई जनताको घरदैलो सम्म पुर्याउन काँग्रेसले प्रयास गर्यो । जनताको आकांक्षा वुझ्न नै उनीहरुलाई जनताको घर घर पठाइएको हो ।

तर, विडम्वना त्यसो हुन सकेन । खटाइएको नेताहरुलाई पनि गुट मिलाएर जिल्ला पठाइएको थियो । त्यसमध्ये संस्थापन पक्षले कार्यक्रम प्रभावकारी भयो भनिरहेका छन् । संस्थापन इतरले भने कार्यक्रम प्रभावकारी नभएको भन्दै कार्यक्रमको स्वरुपमै असन्तुष्टि जनाइरहेका छन् । यस्तै उसले के मुद्धा उठाउन खोजेको हो भन्नेमै अलमल भएको देखिन्छ । सरकारको भण्डाफोर गर्न गएको हो कि , निर्वाचनमा भोगेको पराजयको आत्माआलोचना गर्न गएको हो ? छुट्याउनै गाह्रो भएको छ ।
नेपाल प्रेस युनियले आफ्नो स्थापना दिवसको अवसरमा गरेको कार्यक्रममा एक गाउँपालिका अध्यक्षले गुनासो गरेका थिए । उनले जागरण अभियान नभएर भाषण अभियान मात्र भएको भन्दै विरोध जनाए । केन्द्रबाट गएको नेताहरुलाई मञ्चमा बस्ने भाषण गर्ने तर जनताको कुरा नसुनेको , सुन्न नचाहेको भन्दै विरोध गरे । बैशाख २५ बाट शुरु भएको पहिलो चरणको जागरण अभियानमा जनताले पनि आफ्ना कुरा राख्न नपाएको भन्दै गुनासो गरेका छन् ।

यता काँग्रेस भने पहिलो चरणको जागरण अभियानले कार्यकता परिचालित भएको भनिरहेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा काँग्रेसको गाडीले स्टार्ट भएको र अर्को चरणमा गति लिने दाबी गरिरहेका छन् । यस्तै सहमहामन्त्री पहिलो चरणमा गाउँ गाउँ पुगेको भन्दै दोस्रो र तेस्रो चरणमा काँग्रेसको घरघरमा पुग्ने दाबी गरिरहेका छन् । यता, नेता गगन थापा भने सोचेजति हुन नसकेको स्विकार गर्छन् । उनी भन्छन्–“जागरण अभियानले केही नभएपनि तरङ्ग चाहिँ ल्याएको छ तर धेरै चाहिँ केही भएन । हुँदै नहुँनु भन्दा यतिमात्र भए पनि अहिलेलाई भएको छ ।”

तर विश्लेषण गर्ने हो भने काँग्रेसले यो बेला भाषण होइन जनताको कुरा सुन्नु पर्दथ्यो । जागरण अभियान भन्दा महाधिवेसनलाई ध्यानमा राखेर सदस्यता वितरणदेखि तल्लो तहदेखिनै महाधिवेसनको तयारी गर्नुपर्थ्यो । यात यो कार्यक्रम निर्वाचनमा पराजय वेर्होने वित्तिकै शुरु गर्नु पर्थ्यो । काँग्रेसले आजबाटै महाधिवेन तयारी र सदस्यता वितरणमा नलाग्ने हो भने महाधिवेसन समयमै गर्न सक्दै सक्दैन । जागरणमै गएको भए पनि स्पष्ट मुद्धा , ऐक्यावद्धता सहितको कार्यक्रम र जनताको कुरा सुन्नु पर्दथ्यो । अहिले निर्वाचनमुखी भन्दा महाधिवेसनमा ध्यान दिन जरुरी थियो ।

कार्यक्रम सफल हुँदै भएन । अब टालटुले जनता झुक्याउने कार्यक्रम गरेर हुँदै हुँदैन । केन्द्रले कार्यक्रम तय गर्नुभन्दा स्थानीय र प्रदेशसँग समन्वय गरेर ठोस र उपलव्धी मुलक कार्यक्रम गर्नुपर्थ्यो । अब दोस्रो र तेस्रो चरणको जागरण अभियान गर्नुभन्दा पहिले भातृ संगठनको अधिवेसन र आफ्नो महाधिवेसनमा लाग्न जरुरी देखिन्छ । ढिला आएको कार्यक्रमले उत्साहा ल्याउन जरुरी छ ।

सम्बन्धित शीर्षकहरु

कुल आचार्यलाई पछि पार्दै एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । अध्यक्षका अर्का......

रबि लामिछानेलाई विदेश जान अदालतको अनुमति नचाहिने

काठमाडौं – पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या दुरुत्साहनको आ*रोप लागेका सञ्चारकर्मी रवि लामिछानेले......