ब्रेकिङ न्युज

दाना खुवाउने क्रममा ५ मिनेटमै १० ओटा माउ बाख्रा मरे

प्रकाशित मिति: June 9, 2019 3:04 pm

जेठ २६, स्याङ्जा – अर्जुनचौपारी गाउँपालिका ३ स्थित स्वोतामा शुक्रबार ५ मिनेटमै १० बाख्रा मरेका छन् । स्वोताका स्थानीय भूमिदत्त काफ्लेको ९ माउ बाख्रा र एउटा पाठो मरेका हुन् । बिहान खोरबाट बाहिर बाँधिएका बाख्राहरु दाना खुवाउने क्रममा मरेको उनले बताए ।

घरधनी काफ्लेले गोठ घरभन्दा माथि रहेको र बिहान ११ बजेतिर दाना खुवाएर चरनमा लैजाने तयारी गर्दा २ पटक मात्रै दाना खाएका ९ माउ ५ मिनेटमै मरेको बताए। १० माउसहित पाठो मर्दा डेढ लाखको क्षति भएको उनको भनाइ छ। वडाका पशु प्राविधिक र वडा अध्यक्षले समेत उनको घरमा स्थलगत अनुगमनमा पुगेका र रिपोर्ट संकलन गरी फर्किएको उनले बताए।

प्राविधिकले दानामा केही शंका भेटिएपनि त्यही दाना अन्य भैंसीलाई खुवाइएको र त्यही दाना विगतका दिनमासमेत खुवाइँदै आएको बताएको काफ्लेको भनाइ छ। वडा नम्बर ३ का वडाध्यक्ष राजकुमार घलेले अकस्मात ठूलो संख्यामा बाख्रा नोक्सान हुदाँ एउटा मेहेनती किसानलाई मर्का परेको भन्दै रिर्पोट पशु शाखा कार्यालयमा लगिने र यस विषयमा बुझ्ने काम भइरहेको उनले बताए। दानाको अवस्था हेर्दासमेत बट्टा र बोरामा बाँधिएर राखिएकाले केही पर्ने सम्भावना पनि नदेखिएको अध्यक्ष घलेले जानकारी दिए।

सम्बन्धित शीर्षकहरु

शालिकराम पुडासैनीको विषयमा बोलिन् रेनु दाहाल, सामाजिक सञ्जालमा अपशब्द, गालीगलौजले दु:खित

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा आफुलाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै......

भोलि सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं – हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा......