असफलताको ह्याट्रिकपछि खाली हात छिन् सारा ?

प्रकाशित मिति: June 10, 2019 7:36 am

नायिका सारा शिर्पालीले चलचित्र क्षेत्रमा डेब्यु गरेको धेरै समय भएको छैन् । एक्सन स्टार निखिल उप्रेतीसँग स्कृन शेयर गर्दै साराले चलचित्र ‘रुद्र’मार्फत् डेब्यु गरेकी थिइन् । तर, सारालाई निखिलको स्टारडमले पनि बचाएन । हुन त, निखिल आफैँले पनि आफ्नो स्टारडम बचाउँन सकेनन् ।

साराले ‘रुद्र’पछि पुन: निखिल उप्रेतीसँगै काम गरिन् । उनले निखिलसँग पिंजडा ब्याक अगेन निखिल उप्रेतीसँगै काम गरिन् । उनले निखिलसँग ‘पिंजडा ब्याक अगेन’मा स्कृन सेयर गरिन् । तर, उक्त चलचित्रले पनि सारालाई चिनाएन ।

तेस्रो चलचित्रका रुपमा उनले सुश्री सम्पत्तिमा काम गरिन् । उक्त चलचित्रको एक गीत हिट भयो । उक्त गीतबाट सारालाई चिन्नेहरु केही संख्यामा बढे । तर, चलचित्र भने असफल नै भयो ।

यसरी असफलताको ह्याट्रिक गरेकी सारा अहिले खाली हात छिन् । उनी अहिले कुनै पनि चलचित्रमा काम गरिरहेकी छैनन् । र, गर्ने तयारीका रहेको समचार पनि आएको छैन् । अफर आएर चलचित्रमा काम गरेकी छैनन् वा उनलाई अफर नै आएको छैन् ? त्यो भने प्रश्नमा नै सिमित छ ।

तर, सारालाई निकै सुन्दरी र सम्भावना बोकेकी नायिकाको रुपमा हेर्ने गरिन्छ ।

सम्बन्धित शीर्षकहरु

गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघ आन्दोलनमा

काठमाडौं – गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व......

काठमाडौँबाट ८२ जना पाकेटमार पक्राउ

असार १, काठमाडौँ – काठमाडौं प्रहरी परिसर, टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष......