मलेसियामा कलाकारसहित ३२ नेपाली पक्राउ

प्रकाशित मिति: June 10, 2019 7:44 am

जेठ २७, काठमाडौँ – सांगीतिक कार्यक्रमका लागि भनी आएका कलाकारसहित ३२ नेपालीलाई मलेसियाली अध्यागमनले नियन्त्रणमा लिएको छ ।

‘एसएसओजी धमाका वान’ नामक कार्यक्रममा डाकिएका गायिकाद्वय श्रेया राई, सुनीता थेगिम र गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक बिहीबार पक्राउ परेका हुन् ।

उनीहरुमाथि अध्यागमन कानुन उल्लंघन गरेको आरोप लागेको छ । कार्यक्रमस्थल क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाट पक्राउ गरिएका २० पुरुष र १२ महिलालाई पुत्राजयस्थित अध्यागमनको हिरासतमा राखिएको जानकारी आएको नेपाली दूतावासले जनाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित शीर्षकहरु

गुठीसम्बन्धी संसदमा पुगेको विधेयकको विवादीत

काठमाडौं – सरकारले गत वैशाख १७ गते राष्ट्रिय सभामा एउटा विधेयक दर्ता ग¥यो । त्यो विधेयक थियो गुठीसम्बन्धी......

विकास खर्चबाट ३ सय ३४ सांसदलाई एक–एक लाखको ल्यापटप

जेठ ३२, काठमाडौँ – निर्वाचन क्षेत्र विकासका नाममा आगामी आर्थिक वर्षका लागि सांसदलाई ६ करोडका दरले बजेट......