जारी विश्वकप क्रिकेटको एक झलक

प्रकाशित मिति: June 10, 2019 11:32 am

काठमाडौं – प्रत्येक चार वर्षको अन्तरालमा हुने क्रिकेट विश्वकप अहिले जारी छ । क्रिकेटको जन्मदाता देश इंगल्याण्डमा जारी खेल रोमाञ्चक भइरहेका छन् । कतै धेरै रन बनेका छन् त कतै थोरै रनहरु बनिरहेका छन् ।
विश्वकप अन्तर्गत जारी संस्करणमा आश गरिएको टिमले प्रदर्शन उच्च गर्न सकेको अवस्था छैन । आइतबारसम्म सम्पन्न भएका खेलहरु हेर्दा उपाधीको दावेदार दक्षिण अफ्रिकाले आफूअनुकुल प्रदर्शन गर्न सकेको छैन । आफूले खेलेको खेलहरु उसले तीनवटै गुमाएको छ । त्यसैले क्रिकेटलाई अनिश्चित्ताको खेल भनिएको हुन सक्छ ।

३ सय भन्दा बढी रनको स्कोर 


मे ३० बाट शुरु भएको प्रतियोगितामा आइतबारसम्म १४ वटा खेल सम्पन्न भइसकेका छन् । जसमध्ये पाँचवटा खेलमा तीन सयको आंकडा पार भएको छ ।
उद्घाटन खेलमै इंगल्याण्डले तीन सय कटाएको थियो । साउथ अफ्रिकासँग भएको पहिलो खेलमा इंगल्याण्डले चार खेलाडीको मद्धतमा ३ सय ११ रन बनाएको थियो । जसमा इंगल्याण्डका जेसन रोए , जोए रुट , इयान मोरगान र वेन स्टोकले सानदार खेल प्रदर्शन गरेका थिए । जवाफमा साउथ अफ्रिकाले २ सय ७ रन मात्र बनाउन सक्यो ।

प्रतियोगिता अन्तर्गत जुन २ मा भएको पाँचौं खेलमा वंगलादेशले पनि साउथ अफ्रिकालाई तीन सय भन्दा माथिको लक्ष्य प्रस्तुत गरेको थियो । पहिले व्याटिङ्ग गरेको वंगलादेशले दुई अनुभवि खेलाडी साकिव अल हसन र मुस्फिकर रहिमको सानदार अर्धशतकको मद्धतले ३ सय ३० रन बनाउन सफल भएको थियो । यता साउथ अफ्रिकाले कप्तान फाफ डु पेसीसको अर्धशतको मद्धतले ३ सय ९ रन बनाए पनि जित हासिल गर्न सकेन ।

जुन ३ मा भएको छैटौं खेल पनि तीन सय भन्दा बढीको स्कोरमै सम्पन्न भयो । पाकिस्तानले शुरुवातमा व्याटिगं गर्दै ३ सय ४८ रन बनाएको थियो । जबाफमा इंगल्याण्डले ३ सय ३४ रन बनायो । यता जुन ८ मा भएको १२ औं खेलमा प्रतियोगिता अन्तर्गत अहिलेसम्मकै उच्च स्कोर बन्यो । इंगल्याण्डले पहिले व्याटिगं गरेको खेलमा ३ सय ८६ रनको योगफल बनेको थियो । प्रतियोगिता अन्र्गत जुन ९ मा भएको १४ औं खेलमा भारतले अष्ट्रेलियालाई ३ सय ५३ रनको लक्ष्य दिएकोमा अष्ट्रेलियाले ३ सय १६ रनमात्र बनाउन सक्यो ।

२ सय भन्दा बढीको लक्ष्य 

जुन १ मा भएको पहिलो डे नाइट खेलमा अफगानिस्तान र अष्ट्रेलिया भिडेका थिए । पहिले व्याटिङ्ग गरेको अफगानिस्तानले २ सय ७ रन बनाएको थियो । जवाफमा ३४.५ बलमा अष्ट्रेलियाले ३ सय ९ रन बनाउँदै लक्ष्य हासिल गर्यो ।
जुन ४ मा काडिफ मैदानमा श्रीलंका र अफगानिस्तानबीच भएको खेल पानीले प्रभावित भयो । ४१ ओभरमा खेलाईएको खेलमा श्रीलंकाले पहिले व्याटिङ्ग गर्दै २ सय १ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उसले खेल ३४ रनले जित्यो । साउथह्याम्टनमा भएको आठौं म्याचमा भारत तथा दक्षिण अफ्रिका भिडेका थिए । शुरुवातमा व्याटिंग गर्दै दक्षिण अफ्रिकाले २ सय २७ रन बनाएको थियो । उत्त म्याच भारतले १५ वल अगावै ६ विकेटले जित्यो ।

यस्तै ९ औं र १० औं म्याचमा पनि दुई सय भन्दा बढीको लक्ष्य प्रस्तुत भयो । ९ औं म्याचमा २ सय ४८ रन बनाउँदै न्युजिल्याण्डले म्याच २ विकेटले जित्दा जुन ६ मा भएको अष्ट्रेलिया र वेष्टइण्डिजको खेलमा २ सय ७३ रन बनाउँदै वेष्टइण्डिजले अष्ट्रेलियालाई १५ रनले नतिजा सुम्पियो ।
२ सय भन्दा कमको लक्ष्य

मे ३१ मा नटिंगहाममा भएको खेल नतिजा आश्चर्यजनक आयो । पाकिस्तान र वेष्टइण्डिज बीच भएको दोस्रो खेलको नतिजा कमैले मात्र यस्तो आउने आंकलन गरेका थिए होलान् । उत्त खेलमा दुई सय पनि स्कोर पुग्न सकेन ।

पहिले व्याटिंग गरेको पाकिस्तानले खराव खेल प्रस्तुत गर्दै १ सय ५ रन बनाएको थियो । जवाफमा वेष्टइण्डिजले नतिजा ७ विकेटले आफ्नो पक्षमा पार्यो । यस्तै तेस्रो खेल आफ्नो पक्षमा पार्न न्युजिल्याण्डलाई कसरत गर्नै परेन । श्रींलकाले यति निरिह व्याटिंग गर्यो कि उसले १ सय ४० रन पनि पु¥याउन सकेन । १ सय ३७ रनमा अलआउट भएको श्रीलंकालाई रोक्न न्युजिल्याण्डका बलर हावी भए । जवाफमा १६.१ ओभरमा उसले खेल १० विकेटले आफ्नो पक्षमा पार्यो ।
प्रतियोगिता अन्तर्गत १३ औं खेल पनि दर्शकहरुलाई हेर्न लायक बनेन । जुन ८ मा टाउनटनमा भएको खेल पनि न्युजिल्याण्डले एकपक्षिय बनायो । न्युजिल्याण्डको बलरसामु निरिह देखेका अफगानी व्याट्सम्यानहरुले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ४१.१ ओभर खेल्दै अफगानले १ सय ७२ रन बनायो । जवाफमा न्युजिल्याण्डले ३ विकेटको क्षतिमा ३२.१ ओभरमा १ सय ७३ रन बनाउँदै लक्ष्य हासिल ग¥यो ।
यता, जुन ७ मा भएको ११ खेल भने नतिजा विहिन भएको छ । पानीका कारण श्रीलंका र पाकिस्ताबीच खेल हुन नसकेको हो ।

शतक तथा उच्च रन प्रहार गर्ने खेलाडी 


तालिकामा वंगलादेशका अलराउण्डर तथा सिनियर खेलाडी साकिव अल हसन पहिलो स्थानमा रहेका छन् । तीन खेलमा साकिवले २ सय ६० रन बनाएका छन् । यसक्रममा उनले एक शतक प्रहार गरेका छन् । इंगल्याण्डसँगको खेलमा साकिवले १ सय २१ रनको योगदान दिदा दुई अर्धशतक समेत प्रहार गरिसकेका छन् ।
तालिकाको दोस्रो र तेस्रो स्थानमा इंगल्याण्डका दुई खेलाडी परेका छन् । प्रतियोगिता अन्तर्गत व्यक्तिगततर्फ उच्च स्कोर बनाएका इंगल्याण्डका ओपनर ज्यासन रोए दोस्रो स्थानमा रहेका छन् । वंगलादेशसँग १ सय ५३ रनको पारी खेलेका रोएले १ अर्धशतक समेत बनाइसकेका छन् । यस्तै आक्रमक व्याट्सम्यान तथा विकेटकिपर जोश वटलर तेस्रो स्थानमा रहेका छन् । वटलरले १ शतक सहित १ अर्धशतक सहित १ सय ८५ रन बनाएका छन् । व्यक्तिगत तर्फ उनले १ सय ३ रनको पारी खेलेका छन् ।
तालिकाको तेस्रो स्थानमा भारतका रोहित शर्मा रहेका छन् । २ खेल खेलेका शर्माले एक शतक र एक अर्धशतक प्रहार गरिसकेका छन् । शर्माले पहिलो खेलमा १ सय २१ रनको पारी खेल्दै दक्षिण अफ्रिका विरुद्धको खेलमा भारतलाई जित दिलाएका थिए । यस्तै दोस्रो खेलमा उनले ५७ रनको अर्धशतकिय पारि खेले । जुन् खेल अष्ट्रेलियासँग भएको थियो । उनले कुल १ सय ७९ रन बनाएका छन् । समान १ सय ७९ रन बनाएका जोए रुट इंगल्याण्डका चौथो र १ सय ६० रन बनाएका एडम स्मिथ अष्ट्रेलिया पाँचौ स्थानमा रहेका छन् ।

उच्च विकेट लिने खेलाडी 


धेरै विकेट लिने खेलाडीहरुको शिर्ष स्थानमा दुई न्युजिल्याण्डका रहेका छन् । प्रतियोगिता अन्तर्गत हालसम्म न्युजिल्याण्डका तिव्र गतिका वलर लकि फरग्युनसन ८ विकेट लिदैं शिर्ष स्थानमा रहेका छन् । तीन खेल खेलेका उनले ९९ सय रन दिएका छन् । उनले एकै खेलमा ४ विकेट पनि लिएका छन् । यस्तै अर्का मार्क हेनरीले पनि एक खेलमा चार विकेटको मद्धतमा ७ विकेट लिएका छन् । न्युजिल्याण्डले खेलेको तीन खेलमै खेलेका उनले हालसम्म १ सय २६ रन खर्चेका छन् भने २४.२ ओभर वलिङ्ग गरेका छन् ।

यता तेस्रो स्थानमा अष्ट्रेलियाका तिव्र गतिका वलर मिच्चेल स्टार्क रहेका छन् । एक खेलमा पाँच विकेट लिएका उनले तीन म्याच खेल्दै ७ विकेट लिएका छन् । २७ ओभर वलिङ्ग गरेका उनले १ सय ५१ रन दिएका छन् । यस्तै चौथो देखि ९ औं स्थानमा समान ६ विकेट लिदै जिमि निसम ओसन थोमस वेष्इण्डिज , युजभेन्दर चाहाल इण्डिया , जोफ्रा आर्चर इंगल्याण्ड लगायतका रहेका छन् ।
१४ खेल सकिदा सम्मको स्कोरकार्ड

सम्बन्धित शीर्षकहरु

प*क्राउ परेसँगै युट्युबबाट हट्यो दुर्गेशको ‘ह्याप्पी तिहार, चिसो बियर’

काठमाडौँ – गायक दुर्गेश थापालाई प्रहरीले प*क्राउ गरेसँगै उनको तिहार गीत युट्युबबाट हटाइएको छ । कानूनी......

“बिच्च बिच्चमा” गायक दुर्गेश थापा प*क्राउ

काठमाडौं – गायक दुर्गेश थापा प*क्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले गोंगबुबाट प*क्राउ गरेको......