ब्रेकिङ न्युज

पुर्वमा ५ जनालाई डेंगु, सर्तकता अपनाउन आग्रह

प्रकाशित मिति: June 11, 2019 2:00 pm

जेठ २८, इटहरी – डेगुंका विरामीहरु इटहरी उपमहानगरपालि र मोरङको सुन्दर हरैचाका क्षेत्रमा समेत फेला परेपछि उच्च सर्तकता अनाउन स्वास्थय कर्मीले आग्रह गरेका छन ।
भने इटहरीमा दुई जना र सुन्दर हरैचामा थप ५ जना डेगुंको संक्रमी भेटिएको हो । केही समय अगाडि देखी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य अस्पतालहरुमा उपचार भई रहेको समयमा इटहरी अस्पतालमा उपचार गराउन आएका थप दुई जनालाई समेत डेगुं भएको पुष्टि भएको थियो । केही दिन पहिले धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान र विजयपुर अस्पतालमा उपचार गराई रहेका एक एक जनामा डेगुं पुष्टि भएको थियो ।

त्यसै गरी इटहरी अस्पतालमा उपचाराथ्र्य भर्ना भएका थप दुई जनामा डेगुं देखा परेको अस्पतालका स्थास्थकर्मी शिव ढकालले जानकारी दिनुभयो । गत १९ गते देखि उच्च सर्तकता अपनाउदै सचेतनाका साथै लार्भा नष्ट गर्ने कार्य उपमहानगरपालिका र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग समन्वय गरी गर्न थालिएको समेत उनले वताए । डेंगु फेला परेका विरामी हरुमा कोपिला दाहाल , देवेन्द्र दाहाल , यमुना गुरुङ , पर्वल गुरुङ र कृष्ण शाहमा हाल सम्म फेला परेको बताइएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञ दुई चिकित्सकहरु डा विजय खनाल र डा प्रज्जवल प्याकुरेल समेत इटहरी आएर डेगुंको संक्रमण फैलन नदिने विषयमा सचेतना जगाउने कार्यमा सहभागी भएका छन ।
हेर्नुहोस भिडियो ।

सम्बन्धित शीर्षकहरु

रवि लामिछानेकी पत्नी निकिताको जाहेरी टेकु प्रहरीले लिन मानेन, कारण यस्तो

काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि......

रविकी श्रीमती निकिता पौडेलले दिइन् किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध जाहेरी

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या प्रकरणमा प*क्राउ परेका रवि लामिछानेकी श्रीमती निकिता......