‘मारुनी’को गीत सार्वजनिक, साम्राज्ञीलाई पुष्पले लैजाने

प्रकाशित मिति: June 11, 2019 4:38 pm

काठमाडौँ – चलचित्र मारुनीको ‘जाम न माया जाम’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा दीपक बज्राचार्यको स्वर तथा संगीत रहेको छ भने गीतमा साम्राज्ञी आरएल शाह र पुष्प खड्का फिचर्ड छन् ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमको निर्माण रहेको चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का , रेविका गुरुङ लगायतको मुख्य भूमिका रहेको छ । नवल नेपालको निर्देशन रहेको चलचित्रमा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइको साथमा बाल–कलाकारको रुपमा सायरा आचार्य, आभाष सिंह, सौर्य अधिकारीको अभिनय रहेको छ ।
चलचित्रमा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ । चलचित्र भदौ १३ गतेबाट प्रदर्शनमा आउने छ ।

सम्बन्धित शीर्षकहरु

गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघ आन्दोलनमा

काठमाडौं – गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व......

काठमाडौँबाट ८२ जना पाकेटमार पक्राउ

असार १, काठमाडौँ – काठमाडौं प्रहरी परिसर, टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष......