“प्रेम दिवस” को “माया गर्छु तिमीलाई”

प्रकाशित मिति: June 11, 2019 4:54 pm

काठमाडौँ – चलचित्र “प्रेम दिवस” को “माया गर्छु तिमीलाई” बोलको गीत सार्वजनिक भएको छ । गायिका अन्जु पन्त र गायक सुरेश लामाको शब्द रहेको उक्त गीतमा डा.कृष्ण हरि बरालको शब्द रहेको छ भने महेश खड्काको संगीत रहेको छ । गीतमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की र बिशाल खरेललाई फिर्चड गरिएको छ ।

निर्देशक योगेश घिमिरे निर्देशित प्रेम दिवस चलचित्रमा दीप भारद्धाजको कथा, पटकथा तथा संवाद, बसन्त सापकोटा, करण सिंह कार्की, दीपक शर्मा र महाराज थापाको संगीत, मानकृष्ण महर्जनको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी र बनिष शाहको सम्पादन रहेको छ । चलचित्रमा सञ्जय न्यौपानेको लगानी रहेको छ । चलचित्र आगामी जेष्ठ ३१ गतेबाट अल नेपाल रिलिज हुँदैछ।

सम्बन्धित शीर्षकहरु

गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघ आन्दोलनमा

काठमाडौं – गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व......

काठमाडौँबाट ८२ जना पाकेटमार पक्राउ

असार १, काठमाडौँ – काठमाडौं प्रहरी परिसर, टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष......