‘पायल’ को शुभसाइत सम्पन्न

प्रकाशित मिति: June 11, 2019 5:17 pm

काठमाडौं – फाल्गुनन्द लिङ्देन फिल्म्स्ले निर्माण गर्न लागेको चलचित्र ‘पायल’ को शुभसाइत गरिएको छ । आगामी शुक्रबारदेखि छायांकन सुरु हुने फिल्म उपत्यका लगायत पूर्वको केहि ठाउँमा छायांकन गरिनेछ ।

राजधानीमा सोमबार एक कार्यक्रमकाबीच फिल्मको शुभसाइत गरियो । फिल्मका लेखक तथा निर्देशक दिनेश लिङ्देनले समाजमा घटिरहेका विद्यमान आपराधिक घटनाहरूलाई समेटेर थ्रिलर फ्लेभरको फिल्म बनाइने बताए ।

कविता राई लिङ्देनको लगानी रहने फिल्ममा रिया श्रेष्ठ, ध्रुव न्यौपाने, राजकुमार लिङ्देन नरेन्द्र सेन्दाङ, राजु घिमिरे, उदय सुब्बा, हस्त लिवाङ, दिलिप ठकुरी, आर पि दाहाल, अर्मान खान र एन्जिस प्रसाईंको मुख्य भूमिका रहनेछ ।

फिल्मका लागि नवनायक नरेन्द्र सेन्दाङ अमेरिकाबाट नेपाल आएका छन् । सेन्दाङ निजी व्यावसाय गर्दै विगत १५ वर्ष देखि अमेरिकामा बस्दै आएका छन् । उनकै पहलमा नेपालअघि फिल्मलाई हङकङ, अमेरिका, सिंगापुर, बेल्जियम प्रदर्शन गरिनेछ । सुमित लिङ्देन र सुदिता लिङ्देन प्रस्तुतकर्ता रहेको फिल्ममा विकास चौधरीको संगीत, ज्ञानु राईको छायांकन, कुमार श्रेष्ठको द्वन्द्व, दिनेश माङ्मुको नृत्य रहनेछ ।

सम्बन्धित शीर्षकहरु

गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघ आन्दोलनमा

काठमाडौं – गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व......

काठमाडौँबाट ८२ जना पाकेटमार पक्राउ

असार १, काठमाडौँ – काठमाडौं प्रहरी परिसर, टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष......