श्रीमानसँग मनमुटावपछि वडाध्यक्षकै सिफारिसमा अविवाहित नागरिकता

प्रकाशित मिति: June 12, 2019 7:19 am

जेठ २९, उदयपुर – उदयपुरकी धनमाया राईले फरक फरक जिल्लाबाट दोहोरो नागरिकता बनाएकी छिन् । पहिले पतिको नामबाट सिन्धुलीमा नागरिकता बनाएकी उनले पछि उदयपुरबाट अविवाहित नागरिकता बनाएकी हुन् ।

कटारी नगरपालिका–४ का वडाध्यक्ष कृष्णराज दनुवारको सिफारिसमा धनमायाले माइती पक्षबाट अविवाहितको नागरिकता लिएको खुलेको छ । दोहोरो नागरिकता बनाउँदा उनले आफ्नो परिचयसमेत फेरेकी छिन् । दर्वजित राई र मनसरी राईकी छोरी धनमायाको जन्म ४ वैशाख ०५२ मा भएको नागरिकतामा उल्लेख छ ।

श्रीमानसँग मनमुटावपछि अविवाहित नागरिकता

धनमायाको ०६७ मा जातीय परम्परा अनुसार सिन्धुली दुधौलीका प्रकाश राईसँग विवाह भएको थियो । विवाह भएको दुई वर्षपछि हालको दुधौली नगरपालिका साबिकको ककुर ठाकुर गाविसमा विवाह दर्ता भएको थियो । विवाह दर्ता अनुसार श्रीमानको नामबाट नागरिकता लिएकी थिइन् । सिन्धुली जिल्ला प्रशासन कार्यालयबाट २३ माघ ०६९ मा पतिको नाममा लिएको २०–०१ र ६९ र ०३३७५ नम्बर भएको नागरिकतामा धनमाया राई नाम उल्लिखित छ ।

परिचय फेरेर नक्कली नागरिकता

कटारी–४ गबुवा घर भएकी धनमायाले इलाका प्रशासन कार्यालयबाट शीतल राईको नामबाट दोहोरो नागरिकता लिएको खुलेको हो । उनलाई अविवाहित नागरिकता बनाउन कटारी नगरपालिका–४ का वडाध्यक्ष कृष्णराज दनुवारले सिफारिस गरेका छन् ।
यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।

सम्बन्धित शीर्षकहरु

कुल आचार्यलाई पछि पार्दै एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । अध्यक्षका अर्का......

रबि लामिछानेलाई विदेश जान अदालतको अनुमति नचाहिने

काठमाडौं – पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या दुरुत्साहनको आ*रोप लागेका सञ्चारकर्मी रवि लामिछानेले......