पछिल्लो समय समाजमा तरंग ल्याउने पाँच घटना

प्रकाशित मिति: June 12, 2019 12:19 pm

काठमाडौं – पछिल्लो केही सातादेखि देशमा केही घटनाहरुले प्राथामिकता पाए । मेयर प्रकरण देखि ज्योतिष प्रकरण सम्म चर्चामा आए । यस्तै मिडिया काउन्सील विधेयक देखि गुठी संस्थान विधेयक सम्म जनताको चासोको विषयमा परेको देखिन्छ ।
मुलधारका मिडियादेखि सामाजिक सञ्जालमा विषयहरु भाइरल हुने हुन् । अझ युट्युवमा अझ विषयहरुले आतंक मच्याउने गरेको छ । भुकम्प जान्छ भन्दै भविष्यवाणी गर्ने ज्योतिष प्रकरणले युट्युव र सामाजिक सञ्जालमा स्थान पाउँदा पत्रकारको नाकको ढाडी भाच्छु भन्ने इटहरी उपमहानगरपालिकाको मेयरको प्रतिक्रियाले मूलधारको मिडियामा चर्चा पायो । केही घटनाहरु यहाँ प्रस्तुत गरिएको छ ।

१) मेयर भर्सेज पत्रकार

मेयर भर्सेज पत्रकार भन्दा पनि पत्रकारको नाक भर्सेज १ करोड भन्दा अलिक सुहाँउदो होला । प्रसंग हो इटहरी उपमहानगरपालिकाको । मेयर द्वारिकलाल चौधरीले सामाजिक सञ्जालमा मनलाग्दी स्टाटस लेखेको भन्दै स्थानीय पत्रकार विराट अनुपमलाई फोन गरेर नाकको डाँडी भाच्ने धम्की दिए । उनले सो कार्य गर्नका लागि सुपारी दिइसकेको भन्दै १ करोड छुट्याएको फोन मार्फत जानकारी दिए । त्यतीले नपुगे १० करोड रुपैयाँ सम्म छुट्याएर नाकको डाँडी भाचेरै छाड्ने बताए ।
यो घट्नाले देशभर हंगामा मञ्चियो । कसैले पत्रकार अनुपमको पक्ष लिए त कसैले मेयर चौधरीको । तर, प्रदेश नम्बर १ मा यो घटना छानमिनका लागि मिसन टोलि नै गठन भयो । झापाका अग्रज पत्रकार मोहन काजी न्यौपानेको संयोजकत्वमा बनेको टोलिले घटनाको मुख्य दोषी विराट अनुपम भएको र उनले फोन पटक पटक मेयरलाई बोल्न बाध्य बनाएको निष्कर्श निकाल्यो । यता, मेयर चौधरीले विज्ञप्ती निकालेर माफी मागे । यो घटनाले जनतामा पत्रकारीताप्रतिको धारणा कस्तो छ भन्ने उजार ग¥यो ।

२) मिडिया विधेयक

न्युनतम पारिश्रमीक करिब २५ हजार समेत लागू गर्न असक्षम रहेको सरकारले मिडिया विधेयक राष्ट्रिय सभामा पु¥याएसँगै पत्रकारहरु आन्दोलित बन्नु परेको छ । विधेयकले प्रेश काउन्सीललाई खारेज गरेर मिडिया काउन्सील बनाउने भएको छ । यस्तै पत्रकारहरुका लागि आचारसंहिता आफै बनाउने प्रावधान राखेको छ । विधानमा अध्यक्ष सहित अन्य केही पदाधीकारीहरु सरकारले सिधै राख्न पाउने र मन नपरे हटाउन मिल्ने व्यवस्था आएको छ । यस्तै दण्डकोे रुपमा पत्रकारलाई २५ हजारदेखि १० लाखसम्म जरिवानाको व्यवस्था गर्ने तयारी विधेयकको छ ।

पत्रकार महासंघ लगायत प्रेससँग सम्बन्धीत अन्य संस्था, मानवअधिकार आयोग, मानव समाज लगायतले यसको विरोध गरिरहेका छन् । लोकतन्त्रमा पत्रकारीता राज्यको नियन्त्रणमा राख्न खोजिएको आरोप सबैले लगाएका छन् । पत्रकारहरुले आन्दोलन तेस्रो चरण सम्म पुगेको छ । दोस्रो चरणमा मानव साग्लो निर्माण सम्मको आन्दोलन स्वरुपहरु सम्मपन्न भएका छन् । पत्रकारहरु सडकमा उत्रिएका छन् ।

३) लोकसेवा विज्ञापन विवाद

स्थानीय तहमा कर्मचारी समायोजन गर्न लोकसेवा आयोगले ९ हजार ६ सय भन्दा बढी कर्मचारीको माग गरेर विज्ञापन खुलायो । फम पनि भरायो । तर, विवाद लोकसेवा आयोगले झेल्नु परेको छ ।
संघीय संसद प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले स्थानिय तहका लागि खुलाएको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले संविधान र कानून विपरीत विज्ञापन खुलाएको ठहर गर्दै लोक सेवा आयोग र सामान्य प्रशासन मन्त्रालयलाई विज्ञापन रद्द गर्न निर्देशन दिएको हो । यसैगरी समितिले आवश्यक परे स्थानिय तहलाई नै स्थायि पदपुर्ती नहुँदा सम्म करारमा कर्मचारी भर्ना गर्ने व्यवस्था मिलाउन सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन समितिले दिएको छ ।

तर, सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले प्रदेश लोकसेवा आयोग नबनेकाले संघीय आयोगमार्फत विज्ञापन खुलाइएको जवाफ दिएका थिए । यता, लोकसेवा तयारी तदर्थ समितिले मंगलबार काठमाडौंमा आन्दोलन सुरु गरेको छ । संघर्ष समितिमा आवद्ध विद्यार्थीहरुले संसदीय समितिले संविधान, कानुन र जनताको हित विरुद्ध सो निर्देशन दिएकाले सडक संघर्ष गर्न वाध्य भएको बताएका छन । राज्य व्यवस्था समितिले सो निर्देशन फिर्ता नलिएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

४) गुठी विधेयक विवाद

राष्ट्रिय सभामा दर्ता भएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक,२०७५ माथि विरोध गर्दै नेवारहरुको साझा संगठन नेवाः देय् दबूको संयोजनमा आईतबार माईतीघर मण्डलामा प्रदर्शन गरे । सुरुमा सडक किनारामा बसेर प्रदर्शन गरिरहेका उनीहरुले सडकको बीचमा सुतेर त्यसको विरोध गर्न लागेपछि केही बेरमा नै माहोल विग्रिन पुग्यो । सोही अवस्था बढ्दै जाँदा प्रहरीले पानीको फोेहोरा खोलेर प्रदर्शनकारीलाई तितरवितर पार्ने प्रयास गर्यो । सोही समयमा प्रहरीले प्रदर्शनकारीमाथि दूव्र्यवहार समेत गरेको थियो ।

प्रहरीले लात हान्दै लगेको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भयो । आईतबार भोटो जात्राको दिन गरिएको सो विरोध कार्यक्रममा गुठियारहरु, विभिन्न मन्दिरका पुजारीहरु र अन्य सम्पदासम्बन्धी काम गर्ने संगठनले समेत सहभागिता जनाएका थिए । उनीहरुले पूर्व निर्धारित कार्यक्रम अनुसार सडकमा पल्टिएर विरोध गरेका थिए । विधेयकमा उल्लेखित दफा २३ मा गुठी हक र दायित्व प्राधिकरणमा सर्ने, दफा २४ मा रहेको गुठियारको अधिकार स्वतस् खारेज हुने, दफा २५ मा गुठीको लगत पेश गर्नुपर्ने, दफा ५४ मा हक समाप्त हुने लगायत प्रावधानहरुले गुठी व्यवस्था नै संकटमा परेको बताएका छन् ।

५) भुकम्प भविष्यवाणी

राष्ट्रको सुरक्षा, शान्ति सुव्यवस्था माथि आँच , रािष्ट्रय हित विपरित कसैले बोल्न पाउँदैन । जनतामा भ्रम फैलाउने अधिकार कसैलाई हुँदैन । तर, जेठ २९ गते भुकम्प आउँछ भन्दै आफूलाई ज्योतिष भनेका अर्जुन क्षेत्रीले सामाजिक सदभाव र जनतामा त्रास फैलाउने काम गरे । उनी अहिले जेलमा छन् ।
सार्वजनिक रूपमा भूकम्प जान्छ भनेर अफवाह फैलाएको आरोपमा प्रहरीले अर्जुन समातिएका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंले भुकम्प जान्छ भनि अफवाह फैलाउने २६ वर्षीय अर्जुनकुमार थापा क्षेत्रीलाई मंगलबार दिउसो पक्राउ गरेर उनी अहिले जेलमा छन् । उनले आफूलाई तान्त्रीक ज्योतिष भन्दै अवाहफ फैलाएका थिए । आफूलाई ज्योतिषीको रुपमा चिनाउँने उनलाई भुकम्प तथा जोखिम न्यूनिकरण ऐन २०७४ अनुसार कारवाही हुने संभावना हेको छ ।
उनको यो प्रतिकृयाले सामाजिक सञ्जाल तातेको थियो । २०७२ सालमा गएको विनासकारी भुकम्प जस्तै अर्को भुकम्प जाने उनले भविष्यवाणी गरेका थिए । जनमानलाई त्रसित बनाएका उनी युट्युवमा खुव भाइरल भए ।

सम्बन्धित शीर्षकहरु

गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघ आन्दोलनमा

काठमाडौं – गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व......

काठमाडौँबाट ८२ जना पाकेटमार पक्राउ

असार १, काठमाडौँ – काठमाडौं प्रहरी परिसर, टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष......