ब्रेकिङ न्युज

दुर्घटनामा वडा सचिवसहित दुई जनाको निधन

प्रकाशित मिति: June 14, 2019 2:20 pm

काठमाडौँ – सुर्खेतमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा वडा सचिवसहित दुई जनाको मृत्यु भएको छ । वीरेन्द्रनगरको एरीचोकमा अटोले ठक्कर दिँदा नगरपालिका वडा नं २ का सचिव नारायणदेव गिरीको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मूलपानीबाट एरीचोकतर्फ गइरहेको भे १ ह ३८७४ नंको अटोले भे७प १८३४ नंको गिरीको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करले उहाँ गम्भीर घाइते हुनुभएको थियो । प्रदेश अस्पताल कालागाउँ पु¥याएलगत्तै वडा सचिव गिरीको बिहीबार राती मृत्यु भएको थियो ।

प्रहरीले अटो चालक दीपकबहादुर साउदलाई नियन्त्रणमा लिइसकेको छ । त्यसैगरी बाङ्गेसिमल–बड्डीचौर सडकखण्डको गिरिघाटमा भे१त ५२८८ नम्बरको ट्याक्टर आज अनियन्त्रित भई सडक किनारामा पल्टिँदा सहचालक रामबहादुर नेपालीको मृत्यु भएको छ ।

सम्बन्धित शीर्षकहरु

को*रो*ना सं*क्रमितको संख्या १ हजार भन्दा बढी, ५ जनाको ज्यान गयो

जेठ १५, काठमाडौं – नेपालमा को*रो*ना सं*क्रमितको संख्या १ हजार ४२ पुगेको छ । आजै मात्र १५६ जना थपिएका छन्......

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......