ब्रेकिङ न्युज

ब्लू क्रसले भित्र्यायो नयाँ प्रविधि, नेपालीहरु उपचारको लागि विदेश जानु नपर्ने

प्रकाशित मिति: June 16, 2019 4:38 pm

काठमाडौँ – करिब तिन दशक देखि राष्ट्रको स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेको ब्लू क्रस हस्पिटललेसमय अनुकुल स्वास्थ्य सेवालाई परिमार्जन समेत गरी बिरामीहरुको सेवामा अग्रसर भईरहेको छ ।

त्यस हस्पिटलले केहि समय अगाडी रोश कम्पनीको ईमुनोलोजि सम्बन्धका सम्पूर्ण परिक्षण गर्ने मेसिन जडान गरी सेवा बिस्तार गरेकोमा हाल पुन BACTEC प्रविधिबाट AUTOMATED BLOOD CULTURE SYSTEM को समेत संचालन गरी आफ्नो सेवामा पुन एक खुड्किलो माथी चढेको छ ।

ब्लु क्रस हस्पिटलले समय सापेक्ष विभिन्न थप अत्याधुनिक मेशिन जडान गरी आफ्ने सेवा विस्तार गर्ने अभियान चलाएको छ ।

हाल विभन्न अस्पतालहरूमा न्युरो सम्वन्धि अत्याधुनिक उपकरणको कमि भएको कारण विशेषज्ञ डाक्टरहरू उपलब्ध हुँदा हुँदै बिदेशमा सर्जरी गर्न माइक्रोसकोप भित्राइ जटिल सर्जरीहरू सहज रूपमा गर्न सकिने वातावरणको सृजना गराएको छ ।

जेठ ३१ गते ब्लू क्रस हस्पिटलले एक कार्यक्रम आयोजना गरि मेसिनको सहायताबाट न्युरो विशेषज्ञ डाक्टरहरू नाक, कान, घाँटी बिशेषज्ञ डाक्टरहरू तथा अर्थोपेडिक डाक्टरहरूलाइ जटिल सर्जरीहरू सहज रूपमा गर्न धेरै हद सम्म सुविधा रहने यस हस्पिटलका संचालक समितिका सदस्य सचिव रजत श्रेष्ठले जानकारी दिए ।

उक्त कार्यक्रममा विभिन्न विधाका करिव एक सय भन्दा बढि कन्सल्ट्यान्ट डाक्टरहरूको उपस्थिति रहेको थियो भने हस्पिटलका प्रशासकिय तथा लेखा प्रबन्धक सती देवी गौतमले कार्यक्रम उपलब्धिमुलक रहेको जानकारी दिइन ।

साथै आउने दिनहरुमा समेत बिरामीहरुलाई छिटो छरितो स्वास्थ्य सेवा प्रदान गर्न अत्याधुनिक उपकरणहरुको विस्तार गरिदै जाने समेत उनले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

विप्लव गएपनि सिप्लव जन्मन्छ : डा. केसी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले आफ्नो पार्टी वार्ता......

धम्कीबारे बद्री पंगेनी अनविज्ञ, गल्ती गरेको भए झुन्डिएर मर्न तयार

काठमाडौँ – ‘बद्री पंगेनीले दिए ज्यान मार्ने धम्की’ शिर्षकमा बुधबार बिहानै देखि सामाजिक सञ्जालमा भाइरल......