काठमाडौँबाट ८२ जना पाकेटमार पक्राउ

प्रकाशित मिति: June 16, 2019 4:46 pm

असार १, काठमाडौँ – काठमाडौं प्रहरी परिसर, टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष अभियान सञ्चालन गरेर सवारी साधानमा पाकेटमारी गर्ने र विभिन्न ठाउँबाट चोरी गर्ने व्यक्तिलाई सार्वजनिक गरिएको हो ।

काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार सार्वजनिक सवारी साधानमा पाकेटमारी र चोरीका घटना बढेको सूचनाको आधारमा जेठ महिनाभर चलाइएको अपरेशनका क्रममा उनीहरुलाई समातिएको थियो ।

चोर समात्न यातायात व्यवसायीको सहकार्यमा सादा पोशाकको प्रहरी खटाइएको थियो । पक्राउ परेका मध्ये अधिकांश बस तथा माइक्रो बसमा यात्रुको पकेट तथा झोलामा रहेका नगद, माबाइल र गरगहना चोर्दै गर्दा समातिएका थिए ।

कानुनतः पहिलो पटक पाकेटमारी गर्नेलाई एक महिना जेल र विगो बराबरको जरिवाना हुन्छ । दोस्रो पटक पुनः सोही कार्यमा संलग्न भए दुई महिना कैद र विगो बराबरको जरिवाना हुन्छ ।

पक्राउ परेकामाथि चोरी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

छोराको आसमा १२ गर्भधारण

काठमाडौँ – ताँजकोट गाउँपालिका–२ कटेल गाउँकी शर्मिला जैसीले १६ वर्षकै उमेरमा विवाह गरिन् । ३५ वर्ष......

सम्झना भण्डारी र पशुपति शर्माले दशैँमा भित्र्याए “कान्छी बुहारी”

काठमाडौँ – चर्चित लोकप्रिय गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको “कान्छी बुहारी” बोलको गीत......