आज एसइईको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्नुहोस् रिजल्ट

प्रकाशित मिति: June 26, 2019 11:08 am

काठमाडौँ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।

कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै उनले कुनै प्राविधिक त्रुटी नभए बुधबार र प्राविधिक त्रुटी आए बिहीबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिए ।

कार्यालयले बुधबार सार्वजानिक सूचना जारी गर्दै परीक्षाको नतिजा विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

सम्बन्धित शीर्षकहरु

विश्व प्रेस काउन्सिलको महासचिवमा किशोर श्रेष्ठ

काठमाडौं – अजरवैजानमा शुक्रबार भएको विश्व प्रेस काउन्सिलको सम्मेलनबाट नेपाल प्रेस काउन्सिलका कार्यवाहक......

‘ओली–प्रचण्ड भूतपुर्व कम्युनिष्ट, अहिले कम्युनिष्टलाई सिध्याउन तयार भएका कम्युनिष्टको मुकुण्डोधारी हुन्’ : सिपी गजुरेल

काठमाडौं – देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा (माले), नेकपा (माओवादी केन्द्र) र......