ब्रेकिङ न्युज

प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको आलोचना : ‘माक्स’ बिना हिँड्नै मुश्किल

प्रकाशित मिति: July 3, 2019 8:07 am

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दिएको अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गरेका छन् । प्रधानमन्त्रीले ढाँटेको भन्दै आलोचना भएको हो ।

गत शनिबार मदन भण्डारीको ६८ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘मैले प्रधानमन्त्री हुँदाको बेला भनेका थिएँ– ‘अब काठमाडौँमा नाक समाएर हिँड्नुपदैन । माक्स लगाएर हिँड्नुपर्दैन । म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिँड्थे । अहिले सडकमा मास्क लगाएर कोही पनि हिँड्दैनन् ।’

प्रधानमन्त्री यस्तो भनेपछि कार्यक्रममा उपस्थित धेरैले तालीसमेत बजाए । प्रधानमन्त्रीको भाषण पत्याउने हो भने उपत्यका धुँवा र धुलोमुक्त भएकाले सडकमा माक्स लगाएर हिँड्नुपर्ने अवस्था छैन । तर यथार्थ भने ठीन उल्टो छ । प्रधानमन्त्रीले हावादारी कुरा बोलेको भन्दै सामाजिक सञ्जालमार्फत चर्को आलोचना भएको छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

सम्बन्धित शीर्षकहरु

बाढी र डुबान प्रभावित ठाउँमा उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

बर्दिवास – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न......

विप्लव गएपनि सिप्लव जन्मन्छ : डा. केसी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले आफ्नो पार्टी वार्ता......