ब्रेकिङ न्युज

यी नै हुन् बिमाको रकम हात पार्न आफ्नै छोरीको ह**त्या गर्ने बाबु

प्रकाशित मिति: July 5, 2019 4:38 pm

काठमाडौं – रौतहटको नौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधराममा एउटा निर्मम घटना भएको छ। ३९ वर्षीय रामकिशोर यादवले ४ वर्षीया छोरी लक्ष्मी राय यादवको हत्या गरेका छन् । बिमाको रकम हात पार्न बाबुले नै आफ्नै छोरीको हत्या गरेको प्रहरीले जनाएको छ । उनलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।

असार १६ गते राति सुतिरहेकी छोरीको घाँटी थिचेर हत्या गरे । शवलाई उनले नजिकैको पोखरीमा फ्याकिदिए । राति आमासँगै सुतिरहेकी छोरीलाई पोखरीको डिलमा लगेर नाकमुख थुनेर हत्या गर्दै पोखरीमा फालिदिए ।

छोरी फेला नगरेपछि उनको खोजी सुरु भयो । छोरी हराएको भन्दै उनले प्रहरीमा उजुरी दिए । प्रहरीले पनि आफ्नो तर्फबाट खोजतलासी गर्न थाल्यो । त्यही क्रममा १७ गते पोखरीमा शव फेला पर्‍यो । घर परिवारले पोखरीमा डुबेर मृत्यु भएको आकलन गर्न थाले । तर पोस्टमार्टम रिपोर्टले घाँटी थिचेर हत्या गरिएको तथ्य फेला पर्‍यो ।

घटनालाई गम्भीर रुपमा लिएको रौतहट प्रहरीले अन्ततः बालिकाको हत्यारा उनकै बाबुले गरे तथ्य पत्ता लगायो । घटनापछि प्रहरीले उनमाथि नजर राखेको थियो । उनका शंकास्पद गतिविधिका कारण उनी प्रहरीको शंकाको घेरामा परेका थिए । अनुसन्धानको लागि पक्राउ परका उनले अन्ततः छोरीको हत्या आफैंले गरेको स्वीकार गरे ।

सम्बन्धित शीर्षकहरु

बाढी र डुबान प्रभावित ठाउँमा उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

बर्दिवास – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न......

विप्लव गएपनि सिप्लव जन्मन्छ : डा. केसी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले आफ्नो पार्टी वार्ता......