ब्रेकिङ न्युज

आठ जनाको हत्या गरेर फरार कुख्यात अपराधी नसिम खान पक्राउ

प्रकाशित मिति: July 6, 2019 3:01 pm

काठमाडौं – आठ जनाको जघन्य हत्या गरेर फरार रहँदै आएका कपिलवस्तुका कुख्यात अपराधी नसिम खान पक्राउ परेका छन् ।

उनी पछिल्लो समय २०७४ फागुन ३ मा ५ वर्षका मोहम्मद रहमानको अपहरणपछि हत्या गरी फरार रहेका थिए । यी ५ वर्षीय बालक मायादेवी–४ का वडा अध्यक्ष फतेह मोहम्मदका छोरा हुन् । फरार रहेका खानलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।

नसीम बिरूद्व २०६३ यता सातवटा अन्य हत्याका मुद्दा दर्ता रहेका छन् । नसिम कपिलवस्तुका मोस्ट वान्टेड हुन् । उनीविरूद्व जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा हत्या, अपहरण र डकैतीका एक दर्जन मुद्दा दर्ता छन् । उनी पैसा र पावरका आडमा अर्धभूमिगत बस्दै आएका थिए ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......