रोजी र खोजीको केन्द्र बन्दै सर्वनाम शिक्षालय

प्रकाशित मिति: July 7, 2019 4:08 pm

काठमाडौँ – काठमाडौको जोरपाटीमा अवस्थित सर्वनाम शिक्षालयले यस वर्षको एसइई परिक्षामा विगतको उत्कृष्टतालाई कायम राख्दै यस बर्ष थप ऐतिहासिक सफलता प्राप्त गरेको छ । जोरपाटी भेगको उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा ख्याती कमाइरहेको सर्वनामले अब्बलताको कसीमा यस बर्ष पनि आफुलाई प्रमाणित गरेको छ । यस बर्षको एसइई परिक्षामा सर्वनामका छिरिङग टासी शेर्पाले एसइइमा सर्बोत्कृस्ट ४ जिपिए ल्याएका छन । जम्मा ६९ जना विद्यार्थी एसइइ परिक्षामा सहभागी भएका थिए जसमध्ये लाक्पा डोल्मा शेर्पा , सुमन योन्जन ,नीलम तामाङगले ३.९ जिपिए रेनुका पोख्रेलले ३.८ लमु यन्जी शेर्पा, अनुस्का स्याङगताङ कर्मा डोमा शेर्पा निमा शेर्पाले ३.७ जिपिए ल्याएको उक्त बिद्यालयका प्रीन्सिपल दुर्गानाथ सिवाकोटीले बताए । उनका अनुसार ४६ जनाले एप्लस र २३ जनाले ए ग्रेडमा उतिर्ण भएको जानकारी दिए ।

एसइई परिक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएको सर्वनामको अहिले सर्वत्र चर्चा परिचर्चा चलिरहेको छ । एसइईमा उत्कृष्ट नतिजा सँगै विद्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुसँग अन्तरसंवाद कार्यक्रमको आयोजना गरेको थियो । विद्यालयमै आयोजित पत्रकार भेटघाट कार्यक्रममा विद्यार्थीहरुले आफ्ना अनुभवहरु वाँडेका थिए । विद्यार्थीहरुले सर्वनामका कारण आफ्नो जीवनमा नौलो बिहनी आएको बताएका छन् । उत्कृष्ट शैक्षिक वातावरणमा पठनपाठन , सहयोगी विषय विशेषज्ञ शिक्षक शिक्षिका , सँधै प्रोत्साहन गरेर अगाडी बढ्न हौसला दिने प्रिन्सिपल र विधालय व्यवास्थापन परिवारका कारण आफुहरुको रिजल्ट राम्रो आएको बताए । कुराकानीको क्रममा विधाथीहरुले सर्वनाम बाट आफुहरुले सर्टिफिकेटमा राम्रो नम्बर मात्र नपाएको जीवनमा आवश्यक पर्ने नैतिकता , अनुसाशन , व्यक्तित्व विकासका कुराहरु पनि पाएको बताए ।

पत्रकार भेटभाट कार्यक्रममा विद्यार्थीहरुको सवैभन्दा सवल पक्ष त हरेकले आफ्नो जीवनको गन्तव्य निर्धारण गरिसेका थिए । सवैसँग आफ्नो लक्ष्य स्पष्ट थियो । आफ्नो सपनाको संसारको यात्री जस्ता सबै विद्यार्थीहरुले आफ्नो भावी योजना पनि सुनाए । कसैले डाक्टर बन्ने , कसैले इन्जिनियर , कसलै पाइलट , कसैले डेन्टिस त कसैलै सिए र ल्याब टेक्नीसियन सम्म बन्ने सपना बुनेका रहेछन् । विद्यार्थीहरुले स्कुलले आफ्नो रुचि अनुसारको सपना बनाउँन प्रोत्साहन गरेका कारण आफुहरुले भविश्यको गोरेटो निर्धारण गर्न सफल भएको बताए ।

एसइईमा कमाल गरेको सर्वनामले कक्षा ११ मा भर्ना खुल्ला गरेको छ । व्यवस्थापन संकायका सबै विषयहरु पढाईहुने गरि भर्ना खुल्ला भएको छ । एसईइको रिजल्ट सँगै विद्यार्थीहरुको आकर्षणको दर पनि ह्वातै बढेको प्रिन्सिपल डि एन शिवाकोटीले जानकारी दिनुभयो । व्यवस्थापन बढ्ने सबैजसो विद्याथीले कक्षा ११ पनि सर्वनाममै पढ्ने भएका छन् भने बाहिरबाट पनि इन्क्वाइरिजहरु वढिरहेको छ । पछिल्लो समय सर्वनाम टपरको भ्वाइस र च्वाइस बनिरहेको छ ।

सम्बन्धित शीर्षकहरु

छोराको आसमा १२ गर्भधारण

काठमाडौँ – ताँजकोट गाउँपालिका–२ कटेल गाउँकी शर्मिला जैसीले १६ वर्षकै उमेरमा विवाह गरिन् । ३५ वर्ष......

सम्झना भण्डारी र पशुपति शर्माले दशैँमा भित्र्याए “कान्छी बुहारी”

काठमाडौँ – चर्चित लोकप्रिय गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको “कान्छी बुहारी” बोलको गीत......