ब्रेकिङ न्युज

सधै सँगै प्रेमिल जोडी

प्रकाशित मिति: July 7, 2019 9:35 pm

नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्की प्रेममा रहेको धेरै समय भइसक्यो । उनीहरु प्राय: सँगै देखिन्छन् । म्युजिक भिडियोदेखि चलचित्रमा पनि यो जोडी सँगै काम गरिरहेका छन् । उनीहरुको यो जोडी एकसाथ देखिन थालेको प्रेम सुरु भएपछि नै हो ।

प्रेममा परेपछि धेरै कलाकार जोडीले एकसाथ काम गरेका छन् । प्रियंका र आयुष्मान एक उदाहरण मात्रै हुन् ।

हालै छायांकन सकिएको चलचित्र ‘घामट शेरे’मा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ । उनीहरु श्रीमान-श्रीमती हुन् । दर्शकमाझ उनीहरुको क्रेज निकै राम्रो छ । त्यसैलाई उपयोग गर्न निर्देशक हेमराजल विसीले उनीहरुको जोडीलाई फिल्ममा लिए ।

अर्को चलचित्र ‘पोई पर्‍यो काले’को पनि भर्खरै छायांकन सकिएको छ । यस चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ । उनीहरु पनि प्रेमिल जोडी हुन् । लामो समयदेखि प्रेममा रहेको यस जोडीले पहिलो पटक स्कृन सेयर गर्दैछन् ।

यसै चलचित्रमा अर्को प्रेम जोडी पूजा शर्मा र आकाश श्रेष्ठ पनि छन् । यो उनीहरुको तेस्रो सहकार्य हो ।

नायक सलो बस्नेत र नायिका करिश्मा श्रेष्ठ प्रेममा थिए । प्रेममा भएकै कारण उनीहरुले एकसाथ चलचित्र ‘बाबु कान्छा’मा काम गरे । तर, चलचित्रको असफलताले उनीहरुको प्रेम नै छुटाइदियो ।

त्यस्तै, नायिका नीता ढुगाना र नायक आमेश भण्डारी प्रेममा थिए । उनीहरुले पनि एकसाथ दुई चलचित्रमा काम गरे । ‘फुलै फुलको मौसम तिमीलाई’ र ‘त म र उ’ । तर, दुबै चलचित्र असफल भए । चलचित्रको असफलतासँगै यो जोडी पनि छुटियो ।

नायिका ऋचा शर्मा र नायक विनय श्रेष्ठ प्रेममा थिए । उनीहरु प्रेममा भएकै कारण पनि उनीहरुले एकसाथ चलचित्र ‘भिजा गर्ल’मा काम गरे । तर, उनीहरुको लागि त्यहीँ चलचित्र ब्याड लक सावित भयो । उक्त चलचित्रको रिलिज पछि उनीहरु एक-आपसमा छुटिए ।

यी जोडी मात्र हैन्, प्रेम सम्बन्ध नस्विकार्ने पल शाह र आँचल शर्माको जोडी त झनै हिट जोडी हो । उनीहरुलाई चलचित्रदेखि म्युजिक भिडियोमा समेत एकसाथ देख्न पाइन्छ ।

सम्बन्धित शीर्षकहरु

बाढी र डुबान प्रभावित ठाउँमा उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

बर्दिवास – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न......

विप्लव गएपनि सिप्लव जन्मन्छ : डा. केसी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले आफ्नो पार्टी वार्ता......