ब्रेकिङ न्युज

पछि सर्ला त ‘मारूनी’ ?

प्रकाशित मिति: July 9, 2019 2:23 pm

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्का स्टारर चलचित्र ‘मारूनी’ले घोषणा कार्यक्रममा नै भदौ १३ गतेलाई आफ्नो रिलिज मिति तय गरेको थियो । सोही मितिमा रिलिज गर्ने सोचमा चलचित्रको छायांकन तथा प्रोडक्सनको काम भइरहेको थियो । सोही मितिमा रिलिज गर्ने उद्येश्यले चलचित्रको प्रचार स्वरुप गीत पनि रिलिज गरिएको थियो ।

तर, अब भने यो मितिमा कबड्डीको सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज हुने भएको छ । छायांकनमा गएको दुई महिनामा नै यस चलचित्र रिलिज हुदैँछ । मारूनीले पक्का गरेको मितिमा ‘कबड्डी कबड्डी कबड्डी’ जुध्न आएको छ । कबड्डी आफैँमा ब्राण्ड चलचित्र हो । त्यसैले उसले आफ्नो ब्राण्डको दम्भ देखाउदै मारूनीसँग जुध्न आइपुगेको छ । तर, यसको घाटा दुबै चलचित्रलाई छ ।

यति थोरै चलचित्र निर्माण भइरहेको बेला दुई ठुला व्यानरको चलचित्रहरु जुध्नु आफैँमा दुःखको कुरा हो । दुबै चलचित्रलाईको लागि एक-अर्को चलचित्र चुनौती बन्नेछ ।

तर, चलचित्र मारूनीको पछिल्लो गतिबिधि हेर्दा रिलिज डेट सर्छ कि भन्ने अनुमान सुरु भएको छ । निर्माण पक्षले सेयर गरेको नयाँ पोस्टरमा चलचित्रको रिलिज मिति लेखिएको छैन् । यसको संकेत रिलिज डेट सर्न सक्ने बुझिन्छ ।

जे होस्, कम चलचित्र निर्माण भइरहेको समयमा चलचित्र जुध्नु राम्रो हैन् । एक-आपसमा मिलेर नै निर्मातालाई बचाउनु पर्ने अवस्था अहिले नेपाली चलचित्र क्षेत्रमा छ । दुई चलचित्र मिलेर आएकै राम्रो हुनेछ ।

सम्बन्धित शीर्षकहरु

बाढी र डुबान प्रभावित ठाउँमा उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

बर्दिवास – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न......

विप्लव गएपनि सिप्लव जन्मन्छ : डा. केसी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले आफ्नो पार्टी वार्ता......