ब्रेकिङ न्युज

लक्ष्मी आचार्य ल्याइन् तीज गीत ‘फुङ्गालेर माइती देश’

प्रकाशित मिति: July 10, 2019 11:53 am

काठमाडौं – हिन्दु महिलाहरुको महान चार्ड तीज आउँन अझै एक महिना बढी समय बाँकी रहेको छ । तर हाम्रा गायक गायिकालाई भने गीत लागि सकेको छ । उनीहरुले अहिले तीजका लागि बनाएको गीत संगीत धमाधम सार्वजनिक गर्न थालेका छन् ।

यस्तैमा प्रत्येक बर्ष फरक फरक खालका तीज गीत सार्वजनिक गर्दै आएकी गायिका लक्ष्मी आचार्यले यो बर्ष ‘फुङ्गालेर माइती देश’ बोलको नयाँ तीज गीत सार्वजनिक गरेकी छन् ।

लोक शैलीमा तयार गरिएको गीतमा उनले घरको काम काज र तीजमा महिलालाई हुने उत्साहका बिषय गीतमा समेटेकी छन् ।
बिष्णु न्यौपानेको शब्द संगीत रहेको गीत माथी आकर्षक म्युजिक भिडियो पनि तयार गरिएको छ । थुप्रै कोरस प्रयोग गरिएको भिडियोमा गायिका आचार्यकै अभिनय देख्न सकिन्छ ।

करण चैसिरको छायाँकन, प्रविन भट्टको सम्पादन रहेको गीतको भिडियो मौसम हिमालले निर्देशन गरेका हुन् । पुरानो शैलीको गाउको घरको लोकेसनमा खिचिएको भिडियोले गीतलाई सिगार्ने काम गरेको छ ।

सम्बन्धित शीर्षकहरु

बाढी र डुबान प्रभावित ठाउँमा उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

बर्दिवास – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न......

विप्लव गएपनि सिप्लव जन्मन्छ : डा. केसी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले आफ्नो पार्टी वार्ता......