चलचित्र “साइनो”को ट्रेलर सार्वजनिक

प्रकाशित मिति: July 11, 2019 6:56 pm

काठमाडौँ – चलचित्र “साइनो”को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरुलाई फिर्चड गरिएको छ । ट्रेलरमा नायिका मीरुना मगर , नीता ढुंगाना र राज कुमारबीचको त्रिकोणात्मक प्रेम देखाइएको छ ।

नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र साइनोमा राज कुमार , मिरुना मगर , निता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ भने फिल्मका कार्यकारी निर्माता शरण थापा हुन् ।चलचित्रमा रमेश थापाको निर्देशन रहेको छ ।

फिल्ममा रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन र अभिमन्यु निरबीको लेखन रहेको छ । शरण थापा कार्यकारी निर्माता रहेका चलचित्र चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको छ । चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । चलचित्र साउन २४ गते रिलिज हुँदैछ ।

सम्बन्धित शीर्षकहरु

कुल आचार्यलाई पछि पार्दै एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । अध्यक्षका अर्का......

रबि लामिछानेलाई विदेश जान अदालतको अनुमति नचाहिने

काठमाडौं – पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या दुरुत्साहनको आ*रोप लागेका सञ्चारकर्मी रवि लामिछानेले......