ब्रेकिङ न्युज

काभ्रेमा पहिरोले पुर्दा २ जनाको ज्यान गयो, ३ जना घाईते

प्रकाशित मिति: July 12, 2019 12:46 pm

फाइल फाेटाे

काभ्रे – काभ्रेको बनेपा नगरपालिका वडा नं ३ नालामा पहिरोले पुर्दा २ जनाको मृत्यु भएको छ ।

पहिरोले पुरिदा स्थानिय रामप्रसाद दङगालको श्रीमती ५५ बर्षिया गोमा दङगाल र ७ बर्षिया नानिति सोहनी दङगालको पहिरोबाट पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले बताए ।

घर माथिबाट आएको पहिरोले पुरिदा थप ३ जना घाइते भएको घाइतेहरुको उद्धार संगै बनेपाको अस्पतालमा उपचार भइरहेको एसपी सापकोटाले बताए । काभ्रेमा कोशीपारी चौरीदेउराली गाउँपालिका वडा नं ४ मजुवामा पहिरोले ३ घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

एनसेल टावरमा आगजनी

फाइल फोटो काठमाडौँ – दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५......

चाडपर्वएको मुखमा सुस्तायो सुन बजार : गहना बनाउने पेसा नै संकटमा

काठमाडौँ – चाडपर्व नजिकिँदै गर्दा सुनचाँदी बजार सुस्ताएको छ । सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमै......