ब्रेकिङ न्युज

कुबेतमा तीन नेपालीको मृ*त्यु

प्रकाशित मिति: July 15, 2019 7:40 am

काठमाडौँ – खाडी मुलुक कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगलागी हुँदा तीन जना नेपालीको मृत्यु भएको छ । सो घटनामा सर्लाहीका विजय बैठा सहित अन्य दुई नेपाली महिलाको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

शनिवार राती भएको आगलागीमा अप्सरा कामी र गौरी दर्जी नामका दुई महिलाको मृत्यु भएपनि उनीहरुको नेपाल ठेगाना खुल्न नसकेको बताइएको छ ।

आगलागीबारेको खवर प्राप्त भएपनि घटनाका पीडित नेपालीबारे विस्तृत विवरण प्राप्त नभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताए ।

‘घटनामा एक पुरुष र दुई नेपाली महिलाको निधन भएको कुरा आएको छ, उनको विस्तृत घर ठेगाना खुल्न बाँकी छ, दूतावास मार्फत अन्य हताहातीबारे बुझ्ने काम भइरहेको छ’–उनले भने ।

आगलागीमा परी अन्य नागरिकको पनि ज्यान गएको बताइएपनि अन्य नेपाली हुन्÷होइनन् भनेर प्रष्ट हुन बाँकी रहेको पौडेलले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सम्बन्धित शीर्षकहरु

रवि लामिछाने आज पनि छुटेनन् : अझै ५ दिन हिरासतमै

काठमाडौँ – रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न म्याद थपिएको छ । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३......

एनसेल टावरमा आगजनी

फाइल फोटो काठमाडौँ – दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५......