पलको लागि ‘नाईं नभन्नु ल ४’ नै टर्निङ पोइन्ट

प्रकाशित मिति: July 18, 2019 10:34 am

नेपाली चलचित्र क्षेत्रमा कहिलिएको नाम हो, पल शाह । पललाई नेपाली चलचित्रमा सुपरस्टार मानिन्छ । पल अभिनित ५ चलचित्र रिलिज भइसकेको छ । म्युजिक भिडियो स्टार पलले ‘नाईं नभन्नु ल ४’बाट आफ्नो फिल्मी करिअर सुरुवात गरेका थिए ।

‘नाईं नभन्नु ल ४’मा काम गर्न पूर्व पललाई धेरै चलचित्रबाट अफरहरुपनि आएका थिए । तर, राम्रो व्यानर र राम्रो कथा नपाउँदा उनले चलचित्रमा काम गरेका थिएनन् । कारण पल राम्रो टीम र राम्रो व्यानरको पर्खाईमा थिए । उनी भन्छन्, ‘चलचित्रको अफर धेरै थिए । तर, राम्रो टीम नपाएर चलचित्र साइन गरेको थिइन् ।’

नाईं नभन्नु ल ४ बाट भने उनलाई सरप्राइज अफर आएको थियो । उक्त चलचित्रका साहायक निर्देशक मुस्कान ढकालले पल शाहलाई फोन गरेर भेट्न बोलाए । ‘एकैछिन काम छ’ भनेर भेट्न बोलाएका मुस्कानले किन भेट्न बोलाए भन्ने कुरामा भने अनविज्ञ थिए पल । उनलाई लागेको थियो, केही म्युजिक भिडियोको नै कुरा होला ।

तर, मुस्कानले पललाई नाईं नभन्नु ल ४ निर्देशक विकासराज आचार्यसँग पनि भेट गराए । मुस्कानले विकासलाई भने, ‘उ पल । म्युजिक भिडियोमा कहिलिएको नाम । हाम्रो चलचित्रमा लिने भनेको मान्छे उ नै हो।’ पल सरप्राइज भए ।

त्यहाँ पललाई ‘नाईं नभन्नु ल ४’को मुख्य भूमिकामा अभिनय गर्ने अफर थियो । पलले नाई भन्न सकेनन् । उनी भन्छन्, ‘आखिर चलचित्रमा आउनु नै थियो । यति राम्रो व्यानरबाट अफर आउँदा नाई भन्न सकिन् ।’ पलले राम्रो टीम र गतिलो कथा पाएर चलचित्र गरेको बताउँछन् ।

पल ‘नाईं नभन्नु ल ४’ लाई आफ्नो करिअरको सबैभन्दा ठुलो खुड्किलो मान्छन् । आफूलाई अहिलो यो स्थानसम्म पुर्‍याउने र यो हाइप दिने नाईं नभन्नु ल ४ नै भएको उनी बताउँछन् । भन्छन्, ‘मैले म्युजिक भिडियोबाट केही हाइप बनाएको थिए । केही दर्शकले मलाई चिन्नु भएको थियो । तर, नाईं नभन्नु ४ ले मलाई यो संसार चिनाएको छ ।’

आफ्नो करिअरको ‘टर्निङ पोइन्ट’ नै नाईं नभन्नु ल ४ भएको पल बताउँछन् । ‘म म्युजिक भिडियोमा थिए चलचित्रमा ल्यायो । चलचित्रमा पनि सफल बनायो । त्यसैले मेरो करिअरको सबैभन्दा महत्वपूर्ण कुरा भनेको नै नाईं नभन्नु ल ४ हो’, उनले भने ।

नाईं नभन्नु ल ४को सफलतासँगै पलले धेरै अवार्डहरु हात पारे । उक्त वर्ष आयोजना भएका धेरै अवार्डहरुमा उनले उत्कृष्ट नव-अभिनेताको अवार्ड उचाले । उनी भन्छन्, ‘त्यो वर्ष आयोजना भएका ८० प्रतिशत अवार्ड मेरो पक्षमा पर्दिनु भएको छ । त्यो भन्दा ठुलो सफलता अरु के हुन्छ होला र !’

सम्बन्धित शीर्षकहरु

आज पनि देशभर वर्षा र हिमपात हुने

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशैभरीको मौसम परिवर्तन हुनेछ । शनिबार मौसम......

चितवनको भण्डारामा बस दु र्घट ना, १३ जना घा*इते

भरतपुर – पूर्वी चितवनको भण्डारामा शुक्रबार बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । जिल्ला......