यसरी गर्नुहोस् तीजमा मेकअप र हेयर स्टाईल

प्रकाशित मिति: July 23, 2019 11:11 am

सबै महिलाले तीजमा विशेष मेकअप गर्न खोज्छन । महिलाको विशेष चाड भएकाले आफूलाई सुन्दर बनाउन जो कोहीको प्रयास गर्छनै । यो चाडमा धेरैले सोह्र श्रृंगार गर्नुपर्छ भन्ने मान्यता पनि राख्छन् । यसैले मेकअप गर्दा एकदम ध्यान पुर्याएर गर्नुपर्छ । यो चाड गर्मी मौसममा पर्ने भएकाले सबै मेकअपका सामाग्रीहरु वाटर फ्रुफ प्रयोग गर्नुपर्छ ।

मेकअप गर्दा हामिले सुरुमा प्राईमर अनिवार्य लगाउनु पर्छ । प्राईमर लगाइसकेपछी आफ्नो स्कीन कलर अनुसारको प्यानास्टीक क्रिमको प्रयोग गर्नु पर्दछ । जस्ले हामिलाई स्कीनमा भएको दाग धब्वाहरु लुकाउन पनि मद्त गर्दछ । साथै यसले स्कीनमा राम्रो बेस समेत दिन्छ । यसमाथि हामीले स्कीनलाई ब्राईट देखाउने हो भने स्कीन कलर भन्दा एक दुई सेट लाईट कलरको फाउन्डेसन लगाउनु पर्दछ । यसरी स्कीन बेस र फाउन्डेसन वा बिबि क्रिम लगाउँदा अलि टाईम लागाएर नै ब्रस वा मेकअप पफको सहायताले राम्ररी ब्लेन्ड गर्नु पर्दछ ।

त्यस पछि कम्प्याक पाउडर लगाउने, कम्प्याक पाउडर लगाई सकेपछी आईब्रो सेफ दिने, आखाँको मेकअप गर्ने आईल्यासेज राख्ने नोज तथा चिम कटिङ गर्ने, लिपीस्टीक लगाउने, यदि विबाहिता महिला हो भने सिन्दुर टिका लगाउने त्यस पछी अहिले फेसनमा चलिरहेको हाईलाईटर लगाएर आफनो नाक गाला आइब्रोको साईटमा साइनीङ दिन सकिन्छ । अहिले पहीलाको जस्तो रोज लगाउने चलन धेरै हटी सकेको छ । यसरी मेकअप गरीसके पछी अनुहारको ओरीपरी कान,घाटी लगायतका भागमा हल्का मेकअप टचअप गर्नु पर्दछ । यसो गर्नाले मेअपको सेट मिल्न जान्छ । र मेकअप सकिएपछी मेकअप फिक्सर स्प्रे हल्का गर्नु पर्दछ । यसरी गरीएको मेकअपले हामि तीजमा दिन भरि नाचे पनि मेकअप टिकिरहन्छ ।

कस्तो कपाल बनाउने ?
तीजमा मेअपको साथ साथै हेयरको डिजाइनलाइ पनि ध्यान दिनु पर्दछ । यदि फुल मेकअप गरेकाछौं र मेकअपलाई लामो समय टिकाउनुछ भने कपाललाई खुल्ला छोडेर बनाएको डिजाइनले केहि समय राम्रो देखिएता पनि नाच गानका साथै गर्मी मौसम भएको कारणले छोडेको कपालमा धेरै पसिना आएर मेकअप लाई समेत असर गर्दछ । त्यसैले यस कुरालाई ध्यानमा राखेर कपालको डिजाइन दिदा धागोले वाटेर डिजाइन दिने, छोटो कपाल छ भने त्यसलाइ पनि त्यसै अनुरुप काटाको सहायताले घाटी खुल्ला हुने गरेर जुरो बनाउने यसरी बाटेका कपाल र जुरो बनाएको कपालमा डेकुरेसन फल्लाओर वा चन्द्र बिन्दु लगाउदाँ राम्रो देखिने र लामो समय सम्म नाच गान गर्दा समेत कपालले हामिलाई केहि असर गर्दैन ।

(फेसियल हाउसकी प्रबन्ध निर्देशक सुषमा महरा महिला उद्यमी तथा बरिष्ठ ब्युटिशियन हुन)

सम्बन्धित शीर्षकहरु

कुल आचार्यलाई पछि पार्दै एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । अध्यक्षका अर्का......

रबि लामिछानेलाई विदेश जान अदालतको अनुमति नचाहिने

काठमाडौं – पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या दुरुत्साहनको आ*रोप लागेका सञ्चारकर्मी रवि लामिछानेले......