छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

प्रकाशित मिति: July 24, 2019 5:50 pm

काठमाडौं – निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बहुविवाह सम्बन्धी मुद्दामा अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

अदालतको अनमतिपछि दुवैजनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

जेठी श्रीमती हेमा ओझाले दुवै जनाविरुद्ध बहुविवाहमा उजुरी दिएकी छन् । हेमाले दिएको जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको डीएसपी बोगटीको भनाई छ । अहिले उनीहरु दुवैलाई खोजी रहेको डीएसपी बोगटीले बताए ।

जेठी श्रीमती हेमाले श्रीमान छविराज ओझा र कान्छी श्रीमती शिल्पा पोखरेलबिरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन् । दुई सन्तानकी आमा हेमाले गत आइतबार उजुरी दर्ता गराएकी थिइन् ।

उनले हालेको उजुरीमा पहिला प्रमाण नभएको र हाल प्रमाण प्राप्त भएकाले श्रीमान र कान्छी श्रीमती शिल्पाबिरुद्ध बहुविवाहको मुद्धा हालेको उल्लेख गरेकी थिइन् । छवि र हेमाबीच २०४१ सालमा विवाह भएको थियो।

सम्बन्धित शीर्षकहरु

महराद्धारा उच्च अदालतमा निबेदन दर्ता

काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि आफूलाई थुनामा......

लाखौं मूल्यको चामल गोदाममै कुहियो, सरकार मौन

काठमाडौँ – खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा लाखौं मूल्यबराबरको चामल कुहिएर खेर जाँदासमेत......