नेपालको विश्वकप खेल्ने सपना समाप्त : निर्णायक खेलमा सिंगापुरसँग लज्जास्पद हार

प्रकाशित मिति: July 28, 2019 12:17 pm

काठमाडौं – नेपालले २०२० को विश्वकप खेल्न पाउने सम्भावना समाप्त भएको छ । विश्वकप छनोटको एशिया क्वालिफायरमा निर्णायक खेलमा सिंगापुरसँग लज्जास्पद पराजयसँगै नेपालको विश्वकप पुग्ने सम्भावना सकिएको हो । आज नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको हो ।

सिंगापुरले दिएको १९२ रनको विशाल लक्ष्य पच्छ्याएको नेपाल १०९ रनमै अलआउट भएको हो । आज टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९१ रन बनाएको थियो। सिंगापुरका लागि टिम डेभिडले ७७, रोहन रंगराजनले ४९ र मनप्रित सिंहले ४२ रन बनाए । नेपालका लागि अविनाश बोहराले ४ र करण केसीले २ विकेट लिए ।

१९२ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपाल १५ ओभरमा १०९ रनमै अलआउट भयो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ३९, दिपेन्द्रसिंह ऐरीले २३, पारस खड्काले १२ र सोमपाल कामीले ११ रन बनाए । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । सेल्लाडोरे विजयकुमारले ४ विकेट लिए । विनोथ भास्करणले २ विकेट लिए । अनन्त कृष्ण, अमजद महबुब र जनक प्रकाशले १–१ विकेट लिए ।

सम्बन्धित शीर्षकहरु

कुल आचार्यलाई पछि पार्दै एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । अध्यक्षका अर्का......

रबि लामिछानेलाई विदेश जान अदालतको अनुमति नचाहिने

काठमाडौं – पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या दुरुत्साहनको आ*रोप लागेका सञ्चारकर्मी रवि लामिछानेले......