काठमाडौं – पछिल्लो समय चलचित्र क्षेत्र छवि ओझा र शिल्पा पोखरेलको घरयासी कुरा निकै नै तातिरहेको छ । उनै शिल्पा पोखरेल र छवि ओझाको विवाह दर्ता गराएका काठमाडौं महानगरपालिका–८ का वडा सचिव प्रकाश पौडेलको निधन भएको समाचार प्राप्त भएको छ ।
विवाहमा साक्षी बसेकी निर्देशक सम्झना उप्रेती रौनियार र उनका पति अर्थात् सिनियर फोटोग्राफर विकास रौनियारसंगै काठमाडौँ महानगरपालिका–८ का सचिवविरुद्ध अख्तियारमा उजुरी परेको थियो । पौडेलको निधन के कारणले भएको भन्ने बारे भने खुलेकै छैन ।