ब्रेकिङ न्युज

नुवाकोटको एक वडा कार्यालयमा बम विस्फोट

प्रकाशित मिति: July 31, 2019 12:19 pm

नुवाकोट – नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा अज्ञात समूहले गए राति बम विस्फोट गराएका छन्। बम विस्फोटबाट वडा कार्यालयमा रहेका महत्वपूर्ण उपकरण तथा कागजपत्र सबै जलेर नष्ट भएको वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ (बलामी) ले जानकारी दिए।

उनका अनुसार रातको ११ः४५ बजेको समयमा आएका पाँच/छ जनाको समूहले कार्यालयमा तोडफोड गरेर कागजात, कम्युटर, फर्निचरलगायतका सामग्री एकै स्थानमा राखेर आगजनीसहित बम विष्फोट गराएको पाइएको छ। वडा कार्यालय सार्वजनिकस्थलमा संस्थाले बनाएको दुईकोठे पक्की भवनबाट सञ्चालन हुँदै आएको थियो।

ठूलो आवाजसहितको विष्फोटले उक्त भवनको ढलानसमेत फुट्न पुगेको प्रहरी चौकी ओखरपौवाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यसैगरी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० को वडा कार्यलयमा आगलागी भएको छ। आज बिहान भएको आगलागीबाट सम्पूर्ण कागजपत्रसहित वडा कार्यलय जलेर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।

आगलागी कसले गर्यो भन्ने यकिन थाहा नभएको तर घटना शङ्कास्पद रहेको प्रहरीको भनाइ छ। ताल्चा काटेर आगो लगाएको र काटेको ताल्चा र ह्याक्सो ब्लेट फेला परेको प्रहरी निरीक्षक दर्नालले जानकारी दिए । आगो कसले र किन लगायो भन्नेबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएकोे छ। रासस

सम्बन्धित शीर्षकहरु

प्रधामन्त्रीका कारण विवादित बन्दै पर्यटन बोर्डको सीईओ चयन प्रक्रिया

काठमाडौँ – नेपाल पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का बारेमा प्रधानमन्त्री र......

तेस्रोलिं*गी अजिता भुजेलको बला*त्कारपछि ह*त्या

काठमाडौँ – हेटौंडाकी तेस्रोलिं*गी अजिता भुजेलको बला*त्कारपछि ह*त्या भएको बताइएको छ । शनिबार हेटौंडा–५......