काठमाडौं – सोमबार २ सय रुपैयाँले बढेको सुनको भाउ बुधबार पनि २ सय रुपैयाँले बढेको छ ।
बुधबार बजारमा छापावाल सुन प्रतितोला ६५ हजार ४ सय रुपैयाँ र तेजावी सुन ६५ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । बुधबार चाँदी प्रतितोला ७८० रुपैयाँमा कारोबार भईरहेको छ।