ब्रेकिङ न्युज

जुम्रा मार्ने बिषयमा कैदिहरुको विवाद हुँदा एकको ज्यान गयो

प्रकाशित मिति: August 3, 2019 8:55 am

काठमाडौं – नख्खुस्थित कारागारभित्र शुक्रबार दिउँसो दुई जना कैदीबीच जुम्रा मार्ने विषयमा विवाद हुँदा कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका बर्दियाका २५ वर्षीय पूर्णबहादुर राजीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दाका अर्का कैदी सर्लाहीका ५० वर्षीय पवनकुमार महतोले राजीमाथि सिमेन्टको ब्लकले आक्रमण गरी सख्त घाइते बनाएका थिए । राजीको उपचारका लागि वीर अस्पताल ट्रमा सेन्टरमा ल्याउँदै गर्दा मृत्यु भएको अस्पतालले जनाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बिहान खाना खाएर एक साथ बसेका कैदीद्वय महतो र राजीबीच आपसमा जुम्रा मार्ने विषयमा विवाद भएको थियो ।

एकले जुम्रा मार्ने तर अर्कोले नमार्ने भनेपछि विवाद भएको हो । कैदी महतोले सोही रिसमा राजीमाथि कारगाराभित्र रहेको ब्लकले टाउकोमा प्रहार गरेका थिए । परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाका अनुसार घाइतेलाई तत्काल उद्धार गरी अस्पताल पठाइएको थियो । ती दुई जना कैदीबीचको झगडामा अन्य कैदी रमिते बनेका थिए भने सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीलाई ढिलो खबर भएको थियो । ‘बारम्बार झगडा गर्ने र मिल्ने’ उनीहरूको बानी नै भएकाले अन्य कैदीले बेवास्ता गरेको भनाइ प्रहरीको छ । गोरखापत्रमा समाचार प्रकाशित छ ।

सम्बन्धित शीर्षकहरु

चाडपर्वएको मुखमा सुस्तायो सुन बजार : गहना बनाउने पेसा नै संकटमा

काठमाडौँ – चाडपर्व नजिकिँदै गर्दा सुनचाँदी बजार सुस्ताएको छ । सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमै......

रवि लामिछानेलाई भेट्न चितवनमा गायक राम कृष्ण ढकाल

काठमाडौँ – पत्रकार सालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरणमा लोकप्रिय कार्यक्रम प्रस्तोता रवि लामिछाने......