सुनको भाउ ७० हजार, इतिहासकै उच्च मुल्य

प्रकाशित मिति: August 8, 2019 5:51 pm

काठमाडौँ – नेपालको इतिहासमै सुनको भाउले उच्च बनेको छ। बुधबार एकैदिन १५ सय बढेर ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार पनि ५ सय रुपैयाँ बढेर ७० हजार पुगेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो।

साताको दोस्रो दिन सोमबार प्रतितोला १५ सय रुपैयाँ बढेर ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ६८ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँ तथा चाँदी ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो तेजावी सुन ६९ हजार ७ सय रुपैयाँ तथा चाँदी ७९५ रुपैयाँमा कारोबार भएको थियो। आज पनि सुनको भाउ अहिलेसम्मकै उच्च हो भने आज चाँदीले पनि उच्च रेकर्ड बनाएको छ।

सम्बन्धित शीर्षकहरु

प्रश्नपत्र ‘आउट’ गरेर क्याम्पस प्रमुख र सीईओका छोराछोरीलाई परीक्षा

काठमाडौँ – गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख र......

सागको फाइनलमा नेपाल, माल्दिभ्सविरुद्ध नेपालको शानदार जीत

मंसीर १९, पोखरा – पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल खेलमा आज नेपालले......