आयुष केसीको स्वरमा “हजार जुनीसम्म” को टाइटल गीत सार्वजनिक

प्रकाशित मिति: August 12, 2019 11:13 am

काठमाडौँ – लिटिल च्याम्पमा चौथो भएका आयुष केसीको आवाजमा चलचित्र “हजार जुनीसम्म” को टाइटल गीत सार्वजनिक भएको छ । उदय सोताङ्गको गीत ‘हजार जुनीसम्म’लाई रि–एरेञ्ज गरिएको हो । गीतमा पवन चाम्लिङ्ग’किरण’ को शब्द र योगेन्द्र घतानीको संगीत रहेको छ ।

आयुषले चलचित्र ‘हजार जुनीसम्म’मार्फत पार्श्वगायनमा डेब्यु गरेका हुन् । विकासराज आचार्यको निर्देशनमा तयार भईरहेको चलचित्र आउँदो साउन ३० मा रिलिज हुँदैछ । चलचित्रमाआर्यन सिग्देल, स्वस्तिमा खड्का, संचिता लुइँटेल , अनुभव रेग्मी, सलोन बस्नेत लगायतका कलाकारहरुको अभिनय छ । ‘नाई नभन्नु ल’ सिरिजका निर्देशक विकासराजको निर्देशन रहेको चलचित्रको पटकथा सामीप्यराज तिमल्सेनाले तयार पारेका हुन् । यसमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी चलचित्रकी कार्यकारी निर्माता हुन् भने यसमा विशालचाम्लिङ निर्माता छन् ।

सम्बन्धित शीर्षकहरु

छोराको आसमा १२ गर्भधारण

काठमाडौँ – ताँजकोट गाउँपालिका–२ कटेल गाउँकी शर्मिला जैसीले १६ वर्षकै उमेरमा विवाह गरिन् । ३५ वर्ष......

सम्झना भण्डारी र पशुपति शर्माले दशैँमा भित्र्याए “कान्छी बुहारी”

काठमाडौँ – चर्चित लोकप्रिय गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको “कान्छी बुहारी” बोलको गीत......