ब्रेकिङ न्युज

रहेनन् ५५ वर्षीय पूर्वनायव सुब्बा : श्रीमतीलाई यस्तो सन्देश छोड्दै बिदा भए

प्रकाशित मिति: August 12, 2019 6:54 pm

काठमाडौँ – त्रियुगा नगरपालिका– १० का ५५ वर्षीय पूर्वनायव सुब्बा हरिप्रसाद आर्चायले सुसाइड नोट लेखरे आत्महत्या गरेका हुन् । मालपोत कार्यालय कलकीं काठमाडौंमा कार्यरत रहँदा भ्रष्टाचार मुद्दा लागेपछि निलम्बनमा परेका उदयपुरको त्रियुगा नगरपालिका–१० का ५५ वर्षीय हरि आचार्यले आफ्ना परिवारका सदस्य, आफन्त र छिमेकीसहित साथी भाइलाई सम्बोधन गर्दै पत्र लेखेर प्राण त्यागेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेको २ सय वर्ष आयूको कामना गर्दै उनले यही साउन २५ गते लेखेको पत्र प्रहरीले फेला पारेको छ । उनी साउन २५ गते बेलुका ६ बजे पत्र लेखेर घरबाट बाहिरिएका थिए । त्रियुगा नगरपालिका–९ रातमाटेस्थित जंगलमा आइतबार बिहान उनी झुण्डिएको अवस्थामा आचार्य फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उनले यस्तो लेखेका छन् पत्र

सतीले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन्, तर देशको ठूलो भ्रष्टचारी भएँ, प्रमुख अख्तियार आयुक्त नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस्, म जस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाई काठमाण्डौंले सहयोग गर्नू ।आफ्नो नाममा पुराण लाउने काम नगर्नु र नउक्साउनु, मलाई सबैले राम्रो देख्लान् तर पारिवारिक वातावरण मिलाउन सकिन, कामबाट चोखिने काम मात्र गर्नु।

‘मैले कामगर्दा भएको गल्ती हो, स्वीकार गरी नेपाल सरकार बनाइसकेको थिएँ । ममीले छोराहरुसँग र सासुसँग मिलेर बस्नु र छोराले पनि ममीलाई राम्रो गर्नु । म विदा भएँ । खातामा पैसा छन्, श्रीमती केही जान्दिन साथीभाइले मनैले सहयोग गर्नु, मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नु।

कान्छो छोराको ब्याचलर सकुँला भनेको थिएँ सकिन, पापी भएँ । बाणिज्य नेपाल, एनसिसी, एनआईसी बैंकमा के कति पैसा छ, चेक दराजभित्र सानो व्यागमा छ, अन्यमा पैसा भएपनि कमै छ । वीरेन्द्र काकालगायत छिमेकीले भैंसी, खसी तह लगाइदिनू । आमा, साहिली बुहारी र भतिजाले सुरक्षा गर्नू । सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाण्डौँ बस्नु, गोमाले रंगिन लुगा लगाउनू, १३औँ दिनमा सबै फुकाउनू । नेपाल निजामती कर्मचारी संगठनका साथीहरुले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनू।’

सम्बन्धित शीर्षकहरु

रवि लामिछानेलाई भेट्न चितवनमा गायक राम कृष्ण ढकाल

काठमाडौँ – पत्रकार सालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरणमा लोकप्रिय कार्यक्रम प्रस्तोता रवि लामिछाने......

लुगा सुकाउन भन्दै शालिकरामले ५ मिटरको डोरी किनेको सीसीटीभी फुजेटमा देखियो

काठमाडौँ – गत साउन २० गते नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको दृश्य पसलमा......