ब्रेकिङ न्युज

कात्तिकमा जापान जाने कामदारका लागि भाषा र सीप परीक्षण

प्रकाशित मिति: August 13, 2019 7:41 am

काठमाडौँ – जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुङ्गो लगाएको छ । कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिक १९ र २० गते सीप परिक्षण गरिने भएको छ । यसमा पुरुष र महिला दुवै सहभागी हुन पाउनेछन् ।
भाषा र सीप परीक्षण गर्न जापानबाटै टोली आउने श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

नर्सिङ कियर गिभरमा जाने कामदार जापानको समान्य भाषा र पेसागत भाषामा उत्तीर्ण गरेपछि मात्रै सीप परीक्षणमा सहभागी हुन पाउँछन् । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

सम्बन्धित शीर्षकहरु

रवि लामिछाने आज पनि छुटेनन् : अझै ५ दिन हिरासतमै

काठमाडौँ – रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न म्याद थपिएको छ । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३......

एनसेल टावरमा आगजनी

फाइल फोटो काठमाडौँ – दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५......