ब्रेकिङ न्युज

साउनमा मात्र ३० जनाभन्दा बढी भ्रष्टाचारको आरोपमा समातिए

प्रकाशित मिति: August 13, 2019 11:13 am

काठमाडौँ – ‘आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने’ प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइलाई पछिल्लो समय दैनिकजसो भ्रष्टाचारको आरोपमा पक्राउ परेका घटनाले अर्थहीन बनाएको छ।

प्रधानमन्त्री भएलगत्तै ओलीले आफ्नो अगाडिपछाडि कोही नभएको, पैसा कमाउनुको अर्थ नभएको भन्दै भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने भनेका थिए। त्यसपछिका भाषणहरुमा पनि उनले सरकारले शून्य सहनशीलताका रुपमा काम गरिरहेको दाबी गर्दै आएका छन्। तर भ्रष्टाचारको अनुसन्धान गर्ने प्रमुख निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियताले मुलुकभर सर्वत्र भ्रष्टाचार फैलिएको देखाएको छ।

अख्तियारले चालू आर्थिक वर्षको पहिलो महिना साउनको २५ दिनमा मात्र ३० जनाभन्दा बढीलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ। यही अवधिमा ४५ जनाभन्दा बढीलाई भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

सम्बन्धित शीर्षकहरु

रवि लामिछानेलाई भेट्न चितवनमा गायक राम कृष्ण ढकाल

काठमाडौँ – पत्रकार सालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरणमा लोकप्रिय कार्यक्रम प्रस्तोता रवि लामिछाने......

लुगा सुकाउन भन्दै शालिकरामले ५ मिटरको डोरी किनेको सीसीटीभी फुजेटमा देखियो

काठमाडौँ – गत साउन २० गते नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको दृश्य पसलमा......