ब्रेकिङ न्युज

नारायण थापाको ‘दिलमा आगो’ सार्वजनिक

प्रकाशित मिति: August 13, 2019 11:28 am

काठमाडौँ – नेपाली सांगितीक क्षेत्रमा ‘गीतसंगीतलाई मनैदेखी मायागर्ने एउटा मनुवा’ को नामले चिरपरिचित गायक नारायण थापाको निकै मर्मस्पर्शी गीत ‘‘दिलमा आगो’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतको भिडियोमा त्रिकोणात्मक प्रेम दर्शाईएको छ । गायक थापाद्वारा सार्वजनिक गीतले युट्युबमा छोटो अवधिमा नै निकै लोकप्रियता हासिल गरिरहेको छ ।

निकै नै मार्मिक शब्द र संगीत रहेको गीतको भिडियोमा लोक मिश्र, सुस्मिता अधिकारी र अनुज शर्माको अभिनय रहेको छ । भिडियोको निर्देशन सुवास प्रधानले गरेका हुन् भने छाँयाकन प्रेम लामा तथा इडिट टेकेन्द्र शाहले गरेका हुन् ।

नारायण थापाद्वारा संगीतरस्वरबद्ध ‘दिलमा आगो’ बोलको गीतमा बीबी रिजालको शब्द, सहास शाक्यको एरेन्ज र महेश्वरमान राज भण्डारीको मिक्सिङ्गमास्टरीङ रहेको छ ।

सम्बन्धित शीर्षकहरु

रवि लामिछाने आज पनि छुटेनन् : अझै ५ दिन हिरासतमै

काठमाडौँ – रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न म्याद थपिएको छ । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३......

एनसेल टावरमा आगजनी

फाइल फोटो काठमाडौँ – दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५......