कस्मिरमा चार दिनदेखि कफ्र्यु, काठमाडौँका व्यक्ति चिन्तीत

प्रकाशित मिति: August 13, 2019 11:47 am

काठमाडौं – राज्यका झै विशेषधिकार खारेज गरिएको भारतको जम्मु–कस्मिरमा चार दिनदेखि कफ्र्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन् ।

पूर्वमुख्यमन्त्रीहरु थुनिएका छन् । सर्वसाधारण घरबाट बाहिर निस्किन पाएका छैनन् । सञ्चार सेवा पूर्ण रुपमा बन्द छ । लामो समयदेखि द्वन्दवको चपेटामा परेको कस्मिरबाट नेपाल आएर व्यापार व्यवसाय गर्दै बसेकाहरु यतिबेला आफ्नो थातथलो र आफन्तको चिन्तामा पिरोलिएका छन् ।

काठमाडौँका विभिन्न गल्लीमा कस्मिरीहरु छाला, हस्तकलाका सामान र पस्मिनाको व्यापार गर्छन् । मुस्लिमको प्रमुख चाड ईद आगामी सोमबार छ । चाड मान्न थातथलो गएकाहरुको खबर नपाउँदा यहाँ रहेकाहरुबीच चिन्ता छ । कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित शीर्षकहरु

प्रश्नपत्र ‘आउट’ गरेर क्याम्पस प्रमुख र सीईओका छोराछोरीलाई परीक्षा

काठमाडौँ – गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख र......

सागको फाइनलमा नेपाल, माल्दिभ्सविरुद्ध नेपालको शानदार जीत

मंसीर १९, पोखरा – पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल खेलमा आज नेपालले......