ब्रेकिङ न्युज

कक्षा ८ मा पढ्ने बालक ४ दिनदेखि बेपत्ता : आफ्नै छोरा जस्तै सम्झेर खोजिदिन बाुआमाको अपिल

प्रकाशित मिति: August 13, 2019 2:33 pm

काठमाडौँ – भक्तपुरको बालकोटबाट कक्षा ८ मा अध्ययनरत बालक जेन्सल रावल ४ दिनदेखि बेपत्ता भएका छन् । काठमाण्डौं बुद्धनगरमा स्थित केएमसी स्कुलमा अध्ययनरत बालक शनिबार साँढे ८ बजे घरबाट निस्किएका निस्किएका परिवारले बताएका छन् ।

जेन्सनले वेपत्ता हुनु अघि १८ बर्षका अभिषेक बस्याललाई भेटेको पाइएको छ । परिवारले खबर गरेपछि प्रहरीले बस्याललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

प्रहरीले जेन्सन र अभिषेकले त्यस दिन भेटेको देखिएपनि त्यसपछिका प्रमाण नभेटिएको बताएको छ । काठमाण्डौं प्रहरी परिसर टेकु र अपराध अनुसन्धान व्यूरोले जेन्सनको खोजी गरिरहेको छ । जेन्सनका परिवारले बालकको खोजीमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

एनसेल टावरमा आगजनी

फाइल फोटो काठमाडौँ – दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५......

चाडपर्वएको मुखमा सुस्तायो सुन बजार : गहना बनाउने पेसा नै संकटमा

काठमाडौँ – चाडपर्व नजिकिँदै गर्दा सुनचाँदी बजार सुस्ताएको छ । सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमै......