ब्रेकिङ न्युज

अन्तत सन्दिपले पाए अमेरिकाको भिसा : खुशि हुँदै ट्वीटरमा लेखे यस्तो

प्रकाशित मिति: August 13, 2019 3:55 pm

काठमाडौं – नेपाली क्रिकेटर सन्दिप लामिछानेले अन्ततः भिसा पाएका छन् । मंगलबार बिहान भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले अपरान्ह उनलाई भिसा दिएको छ ।
सन्दिपले क्यारेबियन प्रिमियर लिग खेल्नको लागि जान भिसा मागेका थिए । सन्दिपले ट्वीटरबाटै भिसा पाएको जानकारी दिएका छन् ।

मंगलबार बिहान सन्दिपले दूतावासमा भिसाको निवेदन दिएपछि दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । लगत्तै सन्दिपले ट्वीटरमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, परराष्ट्र मन्त्रालय र हेलो सरकार समेतलाई मेन्सन गर्दै यसबारे जानकारी दिएका थिए । लगत्तै दूतावासले बोलाएपछि सन्दिप महाराजगञ्जस्थित अमेरिकी दूतावास पुगेका थिए ।

यो पनि पढ्नुहोस्

सम्बन्धित शीर्षकहरु

एनसेल टावरमा आगजनी

फाइल फोटो काठमाडौँ – दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५......

चाडपर्वएको मुखमा सुस्तायो सुन बजार : गहना बनाउने पेसा नै संकटमा

काठमाडौँ – चाडपर्व नजिकिँदै गर्दा सुनचाँदी बजार सुस्ताएको छ । सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमै......