ब्रेकिङ न्युज

‘कबड्डी कबड्डी कब्बड्डी’को प्रमोसनल गीत ‘द कबड्डी सङ’

प्रकाशित मिति: August 13, 2019 6:32 pm

काठमाडौँ – चलचित्र ‘कबड्डी कबड्डी कब्बड्डी’को प्रमोसनल गीत ‘द कबड्डी सङ’ सार्बजनिक भएको छ । गीतमा संगीतकार कालीप्रसाद बाँस्कोटा र अभिनेता अनुपम शर्मा फिचरिङ रहेको छ । गीतको भिडियो निर्देशन बिजु कर्माचार्यले गरेका हुन् ।

रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी कब्बड्डी’मा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, डा। सिंह गुरुङ, शिला खनाल, मणि के राईको अभिनय छ ।

चलचित्र बासुरी फिल्मस र सिनेमा आर्टको प्रस्तुतिमा निर्माण भएको हो । माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको चलचित्रमा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेका छन् । चलचित्रको सह निर्माताको रुपमा रुदेन सदा लेप्चा छन् । चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको छायाँकन र सुरेन्द्र पौडेलको सम्पादन छ । चलचित्रमा कालीप्रसाद बाँस्कोटा र एस डी योगीको संगीत रहेको छ । चलचित्र असोज ३ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

सम्बन्धित शीर्षकहरु

एनसेल टावरमा आगजनी

फाइल फोटो काठमाडौँ – दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५......

चाडपर्वएको मुखमा सुस्तायो सुन बजार : गहना बनाउने पेसा नै संकटमा

काठमाडौँ – चाडपर्व नजिकिँदै गर्दा सुनचाँदी बजार सुस्ताएको छ । सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमै......