रामकृष्ण ढकालको स्वरमा प्रलाद शाहको “सयौ कारण”

प्रकाशित मिति: August 13, 2019 6:49 pm

काठमाडौँ – गीतकार प्रलाद शाहको माया प्रेमको भाव बोकेको रोमान्टिक भर्सनको गीत सार्वजनिक भएको छ । हाल अमेरिकामा रहुनु भएका गीतकार शाहले विदेशमा बसेर पनि नेपाली गीत संगीतमा आफ्ना उत्कृस्ट सिर्जना मार्फत नेपाली संगीतमा योगदान पुर्याईराख्नु भएको छ ।

“सयौ कारण” बोलको यस गीतमा स्वर लोकप्रिय गायक रामकृष्ण ढकालको रहेको छ । गीतमा संगीत भर्ने काम चर्चित संगीतकार हरि लम्सालले गरेका हुन भने गीतका शब्द प्रलाद शाहले लेखेका हुन् । गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका हुन ।

हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतको म्युजिक भिडियो चाडै सार्वजनिक गर्ने तयारीमा भैरहेको छ । फराज अर्पणले तयार पारेको लिरिकल भिडियोलाई भाका इन्टरटेन्मेण्टको अफिसिएल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

सम्बन्धित शीर्षकहरु

प्रश्नपत्र ‘आउट’ गरेर क्याम्पस प्रमुख र सीईओका छोराछोरीलाई परीक्षा

काठमाडौँ – गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख र......

सागको फाइनलमा नेपाल, माल्दिभ्सविरुद्ध नेपालको शानदार जीत

मंसीर १९, पोखरा – पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल खेलमा आज नेपालले......