आर्यन भन्छन्, ‘कलेज पढ्ने दर्शकलाई मेरो दर्शक बनाउनु छ’

प्रकाशित मिति: August 13, 2019 8:53 pm

कुनै समय चलचित्र क्षेत्रमा आर्यन सिग्देललाई नम्बर एक नायकको रुपमा हेर्ने गरिन्थ्यो । आर्यनको अभिनय, लुक्स, मुस्कानमा धेरै फिदा थिए । तर, पछिल्लो समय चलचित्रको छनोट गर्न नसक्दा आर्यन पछि परे । दर्शकको नजरबाट गिर्दै गए ।

चलचित्र छान्न नसक्नु र साथीलाई साथ दिनाले आफू गिरेको आर्यन आफैँ बताउँछन् । आफ्नो गुमेको स्टारडमलाई बचाउनको लागि आर्यनले आफैँ चलचित्र निर्माण गरे । तर, आर्यनले निर्माण गरेको चलचित्र ‘कायरा’ बक्स अफिसमा सफल भएन । आर्यन आफैँ यो कुरालाई स्विकार्छन् ।

अहिले आर्यन चलचित्र ‘हजार जुनीसम्म’को प्रचार प्रसारमा व्यस्त छन् । यस चलचित्रको मुख्य भूमिकामा प्रस्तुत भएका छन् आर्यन । यस चलचित्रबाट भने आर्यन निकै आशावादी छन् । यस चलचित्रबाट आफूले गुमाएको क्रेजलाई फर्काउन सक्ने कुरामा विश्वस्त छन् ।

उनी भन्छन्, ‘अहिलेको कलेज पढ्ने दर्शकलाई पुनः मेरो दर्शक बनाउनु छ । त्यसैले पनि मैले यस चलचित्रमा बढि मेहनत गरेको छु ।’ आफ्नो पूरानो चलचित्र हेरेर फ्यान भएका दर्शकलाई यस चलचित्रले निराश नबनाउने पनि उनको दावी छ । उनले थपे, ‘मैले पूर्ण रुपमा फरक काम गरेको त म भन्दिन । तर, केही भएपनि दर्शकको लागि नौलो लाग्न सक्छ ।’

आर्यनले हालै मात्र चलचित्र ‘चच हुई’को छायांकन सकाएका छन् । यस चलचित्रपश्चात् आर्यन निरन्तर चलचित्रमा काम गर्ने मुडमा छन् ।

सम्बन्धित शीर्षकहरु

प्रश्नपत्र ‘आउट’ गरेर क्याम्पस प्रमुख र सीईओका छोराछोरीलाई परीक्षा

काठमाडौँ – गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख र......

सागको फाइनलमा नेपाल, माल्दिभ्सविरुद्ध नेपालको शानदार जीत

मंसीर १९, पोखरा – पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल खेलमा आज नेपालले......